Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३४ पटक हेरिएको
Shares
शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु

सारांश

  • शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
  • १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएको छ ।
  • उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

 

४ फागुन, काठमाडौं । शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएको छ । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ । यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलका मृत्यु भएको थियो । ३० माघमा चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए । पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त बसमा सवार ४३ जना मध्ये तीन जनाको त्यतिबेलै मृत्यु भएको थियो । बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?