Press 4K
आइतबार, ९ कार्तिक २०८३
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ९, २०८२
|
|
५९ पटक हेरिएको
Shares
तीन तहकै सरकारले विशेष कार्यक्रमगरी मंगलबार विश्व क्षयरोग दिवस मनाउने

सारांश

  • सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ ।
  • सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो ।
  • ‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए ।

 

९ चैत,काठमाडौं ।

सरकारले मंगलबार विशेष कार्यक्रमको आयोजनागरी विश्व क्षयरोग दिवस मनाउने भएको छ । सोमबार भक्तपुरको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा पत्रकारको सम्मेलन आयोजनागरी कार्यक्रमबारे जानकारी गराइएको हो । ‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागेको केन्द्रका उपसचिव कमलप्रसाद तिमल्सेनाले जानकारी दिए ।

उनको अनुसार संघ, प्रदेश र स्थानीय तहमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो । केन्द्रका अनुसार दिवसका अवसरमा र्याली, अन्तरक्रिया, सचेतनामूलक अभियान तथा मिडिया कार्यक्रमहरू सञ्चालन भएसकेका छन् । केन्द्रले क्षयरोग अन्त्यका लागि सबै सरोकारवालालाई सहकार्य गर्न आह्वान गरेको छ । नेपालमा क्षयरोग अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित ६७ हजार नयाँ क्षयरोगका बिरामी रहेका छन् । साथै, हरेक वर्ष करिब १६ हजार मानिसको क्षयरोगका कारण मृत्यु हुने गरेको अनुमान छ ।

गत आर्थिक वर्ष २०८१÷८२ मा ३९ हजारभन्दा बढी औषधि संवेदनशील क्षयरोगका बिरामी पहिचान गरी उपचार गरिएको केन्द्रले जनाएको छ । उपचार सफलता दर औषधि संवेदनशील क्षयरोगमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोगमा ७६ प्रतिशत रहेको छ । देशभर ६ हजारभन्दा बढी स्वास्थ्य संस्थामार्फत क्षयरोग उपचार सेवा उपलब्ध गराइएको छ भने माइक्रोस्कोपी र आधुनिक परीक्षण सेवासमेत विस्तार गरिएको छ । साथै, औषधि प्रतिरोधी क्षयरोग उपचारका लागि विशेष केन्द्रहरू सञ्चालनमा रहेका छन् ।

यद्यपि, अझै पनि करिब ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन नसकेको तथ्यले चुनौती कायमै रहेको देखाउँछ। आर्थिक भार, सामाजिक लाञ्छना र स्रोतसाधनको अभावका कारण रोग नियन्त्रणमा कठिनाइ भइरहेको छ । सरकारले आगामी दिनमा एआई जडित डिजिटल एक्स–रे, द्रुत परीक्षण सेवा विस्तार तथा स्थानीय तहको नेतृत्वमा कार्यक्रम सुदृढ गर्ने योजना बनाएको जनाएको छ । केन्द्रले क्षयरोग अन्त्यका लागि सरकार मात्र नभई निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारणको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 
सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल
नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा इलेक्ट्रोनिक मेसिनबाट मतदान हुने
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित
१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो
१० दिनसम्म नियन्त्रणमा आएन मनाङको डढेलो
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै
प्रधानमन्त्री कप भलिबल : आज पनि ६ खेल हुँदै
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ
माधवको टिप्पणी- केपीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेपछि हामीले राजतन्त्र ढाल्यौँ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...