प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप ; बागमतीलाई हराउँदै एपीएफको पहिलो जित

सारांश

  • भैरहवाको एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४४ ओभरमा १७४ रन बनाउँदै अलआउट भएको थियो।
  •   एपिएफले दिएको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.
  • २ ओभरमा ७४ रन बनाउँदै अलआउट भएको हो।

२५ फागुन,  काठमाडौं : प्रधानमन्त्री कपमा बागमती प्रदेशलाई १०० रनले हराउँदै एपीएफले विजयी सुरुवात गरेको छ। भैरहवाको एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४४ ओभरमा १७४ रन बनाउँदै अलआउट भएको थियो।  एपिएफले दिएको १७५ रनको लक्ष्य पछ्याएको बागमती २८.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भएको हो।

बागमतीका लागि शुभ कंसाकरले मात्रै दोहोरो अंकमा रन बनाए। शुभले २४ बलमा २ चौकासहित १६ रन बनाए। इशान पाण्डेले २९ बलमा ८ रन बनाए। कप्तान पृथु बास्कोटा १ रनम्र क्याच आउट भए। नन्दन यादवले ९ रन बनाए। एपिएफका लागि कमल सिंह ऐरीको बलिङ निकै घातक सावित भयो। एपिएफको मध्यम लक्ष्य जोगाउन मद्दत गर्‍यो।  कप्तान रोहित पौडेल र अमर सिंह रौतेलाले समान २–२ विकेट लिए। अभिनास बोहोराले १ विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ३७ रन बनाए। एपीएफका ओपनर ब्याटर लोकेश बम डक आउट र अर्का ओपनर आसिफ शेख १ रन बनाउँदै पेभेलियन फर्किए। कप्तान रोहित पौडेलको ब्याटबाट पनि दोहोरो अंकमा रन बन्न सकेन।

तेस्रो क्रमका ब्याटर दिपक बोहोराले ४५ बलमा १ चौकासहित २५ रन बनाए। त्यसपछि समित महर्जन, भुवन कार्की दुवै सस्तैमा समेटिए। कमल सिंह ऐरीले ६१ बलमा १५ रन बनाए। अमर रौतेलाले ४३ बलमा ३ चौका सहित २६ रनमा अविजित रहे। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।  बागमतीका रिजन ढकालको उत्कृष्ट स्पेलले एपिएफ सस्तैमा अलआउट बनाएका थिए। रिजनले ८ ओभरमा २ मेडनसहित ३० रन खर्चिएर ५ विकेट लिएका हुन्। नन्दन यादवले ३ विकेट लिए। सुर्य तामाङले २ विकेट लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी
नेपालकै उच्च वायु प्रदूषित शहर बन्यो धनगढी
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषि मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
जुवा खेलेको आरोपमा ८ जना पक्राउ
जुवा खेलेको आरोपमा ८ जना पक्राउ
संसद् भवनमा विपक्षी दलको बैठक
संसद् भवनमा विपक्षी दलको बैठक
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
सात दिनभित्र जग्गाको भाडा नरिते भौतिक संरचना जफत गर्ने खड्का ल्यान्ड प्रालीलाई स्काउटको चेतावनी
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
तीन दिन लगातार बढेको सुनको मूल्य आज घट्यो
डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा
डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने