सुनसरीबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई धनुषा ल्याइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १८, २०८०
|
|
५८ पटक हेरिएको
Shares
सुनसरीबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई धनुषा ल्याइयो

सारांश

  • भडकाउ भाषण गरेको अभियोगमा सुनसरीबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई धनुषा ल्याइएको छ  ।
  • जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको पक्राउ पुर्जीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सहितको टोलीले उनलाई मंगलबार सुनसरीमा पक्राउ गरेको थियो ।
  • श्रीनिवासलाई प्रहरीले बुधबार धनुषा पठाएको हो ।

१८ असोज, जनकपुरधाम । भडकाउ भाषण गरेको अभियोगमा सुनसरीबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई धनुषा ल्याइएको छ  ।

जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको पक्राउ पुर्जीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सहितको टोलीले उनलाई मंगलबार सुनसरीमा पक्राउ गरेको थियो । श्रीनिवासलाई प्रहरीले बुधबार धनुषा पठाएको हो । हाल उनी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा छन् । गौ हत्या रोक्न माग गर्दै भएको एउटा धार्मिक कार्यक्रममा उनले हिंसात्मक भाषण गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो ।

यता धर्मगुरु श्रीनिवास आचार्यलाई प्रहरीले पक्राउ गरेकोप्रति गम्भीर आपत्ति प्रकट गर्दै जनकपुरधामका साधुसन्तहरुले बिनाशर्त उनको रिहाइ नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। रामानन्दीय वैष्णव संघले पत्रकार सम्मेलन मार्फत धर्मगुरु श्रीनिवास आचार्यलाई यथाशीघ्र बिनासर्त रिहाइ गर्न माग गरेको छ । माग पूरा नभए सम्पूर्ण साधुसन्त र हिन्दूवादीहरुले विरोध र आन्दोलन गर्ने चेतावनी दिएका छन् । रामानन्दीय वैष्णव संघका अध्यक्ष एवम जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई रिहाइ नगरेमा बिहीवार जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने धम्की दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा क्षयरोगका सात सय नयाँ बिरामी
झापामा क्षयरोगका सात सय नयाँ बिरामी
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
वाइडबडी प्रकरणमा कंसाकारसहित चार जना भ्रष्टाचारी ठहर, पूर्वमन्त्री शाहीलाई सफाइ
वाइडबडी प्रकरणमा कंसाकारसहित चार जना भ्रष्टाचारी ठहर, पूर्वमन्त्री शाहीलाई सफाइ
पोखरामा श्रीमतीको ह*त्या गरेर एक व्यक्तिले गरे आत्मह*त्या
पोखरामा श्रीमतीको ह*त्या गरेर एक व्यक्तिले गरे आत्मह*त्या
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो :सभामुख घिमिरे
संसद् विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो :सभामुख घिमिरे
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
महाकाली लोकमार्ग अवरुद्ध, महेन्द्रनगर र काठमाडौँ आउने बस रोकिए
महाकाली लोकमार्ग अवरुद्ध, महेन्द्रनगर र काठमाडौँ आउने बस रोकिए
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित