सर्लाहीमा गोली लागेर एक बालक घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन ७, २०८२
|
|
३६ पटक हेरिएको
Shares
सर्लाहीमा गोली लागेर एक बालक घाइते

सारांश

  • सर्लाही सदरमुकाम मलंगवामा आज (बिहीबार) दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् ।
  • मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।
  • घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए ।

७ फागुन, सर्लाही ।

सर्लाही सदरमुकाम मलंगवामा आज (बिहीबार) दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् । घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए । नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।

गोली उनको दाहिने हातको पन्जामा लागेको छ। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ । प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ । पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
५ एसएसपी डीआईजीमा बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
विदेशमा भएको मेलमिलाप नेपालमा पनि कार्यान्वयन हुने गरी ऐन बनाइँदै
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली
तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै
तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै
सर्पको डसाईबाट बालिकाको मृ*त्यु
सर्पको डसाईबाट बालिकाको मृ*त्यु
रास्वपाले फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने
रास्वपाले फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने
राजावादी आन्दोलनमा सहभागी विवादास्पद धर्मगुरु खतिवडा पक्राउ
राजावादी आन्दोलनमा सहभागी विवादास्पद धर्मगुरु खतिवडा पक्राउ
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔं : देउवा