२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार १८६ जनालाई कारबाही
सारांश
- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १८६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
- सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८१ जना चालकलाई कारबाही गरिएको छ ।
- यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ५२, लेन क्रसमा ५१, अवस्था ठिक नभएको ३८, एकतर्फीमा ८ र अन्यमा ६३६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार १८६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ९८, सिसिटिभिमार्फत ७३, रातोबत्तीमा ८१ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १४९, हर्न निषेधमा ५२, लेन क्रसमा ५१, अवस्था ठिक नभएको ३८, एकतर्फीमा ८ र अन्यमा ६३६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया