Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
५४ पटक हेरिएको
Shares
शीलतनिवासको खण्डहर भवन बाहिर तीन मन्त्रीले लिए शपथ

सारांश

  • राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् ।
  •   प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  ।
  • जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि  शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो ।

३० भदौ, काठमाडौं ।

राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरुले शपथ लिएका छन् ।  प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्  ।

जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि  शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो  ।आज चाहिँ खण्डहर कार्यालय बाहिर पाल टाँगेर मन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन मिलाइएको हो ।

आजको शपथमा अन्य अतिथीहरुलाई पनि बोलाइएको छ । सरकारी निकाय र कूटनीतिक नियोगका प्रमुखहरु पनि शपथमा उपस्थित छन् । आज तीन मन्त्रीहरु अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालको शपथ भएको हो ।घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
रवि लामिछानेले भने– मैले केही बिराएको पनि छैन, डराएको पनि छैन
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड
विदेशी बैंकमा सरकारको शेयर लगानी ११ अर्ब ५२ करोड
५ दलले बुझाए समानुपातिकको बन्दसूची, कसका कति उम्मेदवार ?
५ दलले बुझाए समानुपातिकको बन्दसूची, कसका कति उम्मेदवार ?
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
सरकारी वार्ता टोली एमालेको कार्यालय निरिक्षणमा
सरकारी वार्ता टोली एमालेको कार्यालय निरिक्षणमा
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
बाढीमा २३८ विद्यार्थी र १८ शिक्षक सम्पर्कविहीन, १६ विद्यालयमा क्षति
सिराहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए
सिराहाका प्रमुख जिल्ला अधिकारी मन्त्रालय तानिए
अख्तियार त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ :  मन्त्री गौतम
अख्तियार त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ : मन्त्री गौतम
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न