यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
३५ पटक हेरिएको
Shares
यातायात कार्यालय कलैयामा आठ करोड बढी राजस्व संकलन

सारांश

  •   यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा विभिन्न शीर्षकहरूबाट आठ करोड भन्दा बढी राजस्व संकलन गरेको छ ।
  • मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहत रहेको सो कार्यालयले सवारी चालक अनुमति पत्र (लाईसेन्स) बाट बढी राजस्व संकलन गरेको हो ।
  • यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अविन्दर दासका अनुसार माघ ८ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेदेखि  मासिक औसत राजस्व संकलनमा करिब ६१ लाख रुपैयाँले वृद्धि भएको छ ।

११ जेठ, काठमाडौं । 

यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक बर्षको आठ महिनाको अवधिमा विभिन्न शीर्षकहरूबाट आठ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहत रहेको सो कार्यालयले सवारी चालक अनुमति पत्र (लाईसेन्स) बाट बढी राजस्व संकलन गरेको हो ।

यातायात व्यवस्था कार्यालय कलैयाका प्रमुख अविन्दर दासका अनुसार माघ ८ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेदेखि  मासिक औसत राजस्व संकलनमा करिब ६१ लाख रुपैयाँले वृद्धि भएको छ । यातायात सम्वन्धी हरेक किसिमका काम कार्यालयबाट सरल र सहज रुपमा सेवा पाउन थालेपछि राजस्व संकलन वृद्धि भएको उनले उल्लेख गरेका छन् । चालु आर्थिक वर्ष २०८१।८२ को साउन १ गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा ८ करोड २१ लाख ७० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको उनले जानकारी दिए । कार्यलय प्रमुख दासका अनुसार अनुमति पत्र पास (नयाँ) शीर्षकमा—१ करोड ७९ लाख ६५ हजार, अनुमति पत्र दर्ता (नयाँ)बाट—८३ लाख  ७६ हजार,

पटके शीर्षकमा—३९ लाख ९२ हजार ४०, दर्ता –थप) बाट—३३ लाख ६२ हजार, नवीकरण शीर्षकमा—२७ लाख १६ हजार, त्यसैगरी अन्य विविध शुल्क तथा अन्य शीर्षकहरूबाट पनि उल्लेखनीय राजस्व आम्दानी भएको हो । अहिले यातायात सम्वन्धी हरेक किसिमका काम कलैया कार्यालयबाट हुने भएपछि कम खर्चमा सहज तरिकाले सेवा पाउन थालेपछि सेवाग्राही खुसी भएका हुन् । विशेष गरी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । कलैयामा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानीयहरु बताउँछन् ।  मधेस प्रदेशका प्राय सवै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
चार सांसद चढेको गाडी दुर्घटना,
चार सांसद चढेको गाडी दुर्घटना,
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात
आज पनि अवरुद्ध छन् देश भरिका यी १३ सडक, प्रभावित छ सार्वजनिक यातायात
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइन : विद्यादेवी भण्डारी
जबज केवल राजनीतिक सिद्धान्त मात्रै होइन : विद्यादेवी भण्डारी
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री
इलाममा मतदान केन्द्रभित्रै नक्कली मतदान, प्रहरी जफत गर्‍यो सामग्री