कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी मन्त्री सिंहलाई

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन्।
  • शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो।
  • प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानेपछि सिंहलाई उक्त जिम्मेवारी दिइएको हो।

१३ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो।

प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानेपछि सिंहलाई उक्त जिम्मेवारी दिइएको हो। प्रधानमन्त्री ओली भोलि (शनिबार) स्पेन प्रस्थान गर्दैछन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा प्रधानमन्त्री ओ‌ली स्पेन भ्रमणमा जान लागेका हुन्। उनी २० गते स्वदेश फर्किनेछन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?