दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २७, २०८२
|
|
३३ पटक हेरिएको
Shares
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव

सारांश

  • जनता समाजावदी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतकि दलहरूको सहभागिताविना निर्वाचन हुन नसक्ने बताएका छन्।
  • सोमबार जनकपुरधाममा जसपा नेपाल मधेश प्रदेशको प्रथम एकता अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको प्रमुख सरोकारवाला राजनीतिक दल भएकाले उनीहरूविना चुनाव हुन नसक्ने बताएका हुन्।
  • अध्यक्ष यादवले निर्धारित समयमा चुनाव हुनेबारे अन्योलता देखिएको बताए।

२७ असोज, काठमाडौँ ।

जनता समाजावदी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतकि दलहरूको सहभागिताविना निर्वाचन हुन नसक्ने बताएका छन्। सोमबार जनकपुरधाममा जसपा नेपाल मधेश प्रदेशको प्रथम एकता अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनको प्रमुख सरोकारवाला राजनीतिक दल भएकाले उनीहरूविना चुनाव हुन नसक्ने बताएका हुन्। अध्यक्ष यादवले निर्धारित समयमा चुनाव हुनेबारे अन्योलता देखिएको बताए। आवश्यकताको सिद्धान्तका आधारमा बनेको अन्तरिम सरकारको मुख्य दायित्व ६ महिनाभित्र चुनाव गराउनु रहेको उल्लेख गर्दै उनले भने,‘यो सरकारले निर्धारित समयमा चुनाव गराउन सक्छ कि सक्दैन भन्ने अन्योल छ। सरकार निर्वाचनको बाटोमा अगाडि बढेको छैन।’

चुनावका सम्बन्धमा सरकारले दलहरूसँग छलफलसमेत नगरेको भन्दै असन्तुष्टि जनाए। ‘दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन। सरकारले बलजफ्ती गरे त्यो निर्वाचन ज्ञानेन्द्रले गराएको निर्वाचनभन्दा फरक हुँदैन। मुलुक झनै द्वन्द्वमा फस्छ। सरकारले अविलम्ब दलहरूसँगको संवादलाई अगाडि बढाउनुपर्‍यो।’ समयमै निर्वाचन हुनेप्रति जनता विश्वस्त हुन नसकेकै कारण थप अन्योलता र अनिश्चितता सिर्जना भएको उनको भनाइ छ। उनले मुलुक अन्योलता र अनिश्चितताको भूमरीमा फसेको जिकिर गरे। कांग्रेस–कम्युनिस्टहरूको लुटतन्त्रविरूद्ध भएको जेनजी विद्रोहपछि अन्तरिम सरकार गठन भए पनि मुलुक अन्योलताबाट निस्कन नसकेको यादवले बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विकल्प नभएको भन्दै उनले संविधान पुर्नलेखन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
चीनको नयाँ उपलब्धि: विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
स्ववियु निर्वाचन: आज देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता गरिँदै
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,उद्धार एवम् राहतमा जुट्न निर्देशन
बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त,उद्धार एवम् राहतमा जुट्न निर्देशन
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद, दुई जना पक्राउ
नेकपा एसको बैठक बस्दै
नेकपा एसको बैठक बस्दै
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !
ए डिभिजन लिगमा आज दुई खेल हुँदै। 
ए डिभिजन लिगमा आज दुई खेल हुँदै। 
तीन मन्त्रीसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रमा
तीन मन्त्रीसहितको टोली बाढीपहिरो प्रभावित क्षेत्रमा