श्रष्टा हक, अधिकारका लागि सरकार र संस्थाहरुबीच सहकार्य जरुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
श्रष्टा हक, अधिकारका लागि सरकार र संस्थाहरुबीच सहकार्य जरुरी

सारांश

  • राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले ‘सल्लाहकार मनोनयन, श्रष्टा अधिकार तथा वर्तमान गीत संगीत बजारमा ब्याप्त विकृति र विसंगतिहरुको न्यूनिकरणका लागि छलफल तथा चियापान कार्यक्रम’ आयोजना गरेको छ ।
  • कार्यक्रममा प्रतिलिपि अधिकार कार्यालयकी प्रमुख रजिस्ट्रार सबिता कार्कीले श्रष्टा हक, अधिकारका लागि कानुनको संशोधित ड्राफ्ट तयार रहेको र त्यसको कार्यान्वयनका लागि श्रष्टा आफै पनि जागरुक भइ घचघच्याउनुपर्ने बताइन् ।
  •   प्रतिलिपि अधिकारका विविध विषयमाथि प्रकाश पार्दै कार्कीले यस्ता कार्यक्रमले श्रष्टा अधिकार, समस्याको पहिचान र त्यसको निराकरणमा सरकार र श्रष्टाबिच पुलको काम गर्ने बताइन् ।

३ माघ, काठमाडौं ।

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले ‘सल्लाहकार मनोनयन, श्रष्टा अधिकार तथा वर्तमान गीत संगीत बजारमा ब्याप्त विकृति र विसंगतिहरुको न्यूनिकरणका लागि छलफल तथा चियापान कार्यक्रम’ आयोजना गरेको छ । कार्यक्रममा प्रतिलिपि अधिकार कार्यालयकी प्रमुख रजिस्ट्रार सबिता कार्कीले श्रष्टा हक, अधिकारका लागि कानुनको संशोधित ड्राफ्ट तयार रहेको र त्यसको कार्यान्वयनका लागि श्रष्टा आफै पनि जागरुक भइ घचघच्याउनुपर्ने बताइन् ।  प्रतिलिपि अधिकारका विविध विषयमाथि प्रकाश पार्दै कार्कीले यस्ता कार्यक्रमले श्रष्टा अधिकार, समस्याको पहिचान र त्यसको निराकरणमा सरकार र श्रष्टाबिच पुलको काम गर्ने बताइन् ।

प्रतिलिपि अधिकारका विविध विषयमाथि प्रकाश पार्दै प्रमुख रजिस्ट्रार कार्कीले श्रष्टा अधिकार, समस्याको पहिचान र त्यसको निराकरणमा सरकार र श्रष्टाबिच पुलको काम गर्ने उनको भनाइ थियो ।
त्यस्तै संस्थाका बरिष्ठ उपाध्यक्ष दिपक शर्मा, सल्लाहकार टेक तामाङ, रोयल्टी संकलन समाजका महासचिव बसन्त सापकोटा, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गम्बु शेर्पालगायतले गीत संगीत भित्रका विकृति विसंगति, त्यसको निराकरणका उपाय, श्रष्टा अधिकार, सचेतना, रोयल्टी ब्यबस्थापनका चुनौती र पछिल्लो समय देखिएको एआई प्रविधिको विकास, त्यसका अस र चुनौती लगायतका विविध विषयमा आफ्नो धारणा राखेका थिए ।
संस्थाभित्रका कार्यसमितिका पदाधिकारी लगायत ललितकलाका विविध क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको कार्यक्रममा कार्य समितिले निर्णय गरि विधान अनुसार मनोनयन गरेका सल्लाहकारहरुलाई मनोनयन–पत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष नारायण बहादुर थापाले यस्ता कार्यक्रमहरु श्रष्टा हकहितका लागि फलदायी रहने र आगामी दिनमा पनि निरन्तर लागिरहने बताए । कार्यक्रम अध्यक्ष थापाको सभापतित्व एवं संस्थाका महासचिव सनम कठायतको संयोजनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
भारत सरकारद्वारा बाढीपीडितहरूका लागि एक करोड १८ लाख ५१ हजारभारु बराबरको सामग्री हस्तान्तरण
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
मन्त्री श्रेष्ठले गरे स्युचाटारस्थित विद्युत् प्रणाली तथा सञ्चालन विभागको निरीक्षण
कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ
कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ
आज भूकम्प स्मृति दिवस मनाइँदै
आज भूकम्प स्मृति दिवस मनाइँदै
संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू
संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया शुरू
जेनजी अगुवा यादवले आयोगमा दिए तीन घण्टा बयान
जेनजी अगुवा यादवले आयोगमा दिए तीन घण्टा बयान
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल