काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते

सारांश

  •   काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको छ ।
  • रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
  • पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकामा सोमबार बिहान बस दुर्घटनामा परेको हो।

९ असार, रौतहट । 

काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस दुर्घटनामा परेको छ । रौतहटमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिकामा सोमबार बिहान बस दुर्घटनामा परेको हो। बा. प्र–०१–००६ ख. ५२१६ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपककुमार रायले जानकारी दिए।

घाइतेमध्ये धेरैजसो भारतीय नागरिक छन् । घाइते सबैको चन्द्रपुरस्थिति चपुर प्रालिमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण चालकले नियन्त्रण गुमाउँदा बस दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। घाइतेबाहेक १५ जना यात्रुलाई अर्को सवारीमा चढाएर गन्तव्यतर्फ पठाइएको डीएसपी रायले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
रबाडाले आईपीएल बीचमै छाड्नुको कारण ‘रिक्रिएसनल ड्रग्स’ सेवन
रबाडाले आईपीएल बीचमै छाड्नुको कारण ‘रिक्रिएसनल ड्रग्स’ सेवन
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी
विदेश उड्न लाग्दा समातिए सूर्यदर्शनको रकम अपचलनमा संलग्न एक आरोपी
पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला 
पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला 
उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव
उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव
८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा
८ उपसचिव र ११ शाखा अधिकृतको सरुवा
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने
रेशम पक्रन पत्र लेख्ने महिमानलाई ३ कसुरमा म्याद थप गरिने
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का
ठूला आयोजना अलपत्र परेर जागिर खाने ठाउँमात्र बनाए : ऊर्जामन्त्री खड्का
युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ
युवाहरूको सपना पूरा गर्ने वातावरण नेपालमै बनाउनुपर्छ : कुलमान घिसिङ