सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १८, २०८३
|
|
३८३ पटक हेरिएको
Shares
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घडेरी किन्न डेढ करोडसम्म ऋण पाउने

सारांश

  • सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकहरूले घरेडी किन्नका लागि १ करोड ५० लाख रूपैयाँसम्म ऋण पाउने भएका छन् ।
  • कोषले पहिलो पटक श्रमिकलाई घडेरी कर्जाको योजना अघि सारेको हो ।
  •  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजमी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कर्जाबारे जानकारी दिएका हुन् ।

१८ वैशाख, काठमाडौं ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुने श्रमिकहरूले घरेडी किन्नका लागि १ करोड ५० लाख रूपैयाँसम्म ऋण पाउने भएका छन् । कोषले पहिलो पटक श्रमिकलाई घडेरी कर्जाको योजना अघि सारेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजमी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कर्जाबारे जानकारी दिएका हुन् । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका श्रमिकहरूले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा १ करोड ५० लाखसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको मन्त्री यादवले बताए ।

कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार कोषले हाल घर कर्जा, घर निर्माण कर्जा, शैक्षिक कर्जा लगायतका सुविधा प्रदान गर्दै आएको छ । कोषमा योगदान गर्ने श्रमिकले गरेको योगदानका आधारमा अधिकतम १ करोड ५० लाख रूपैयाँसम्म ६ प्रतिशत ब्याजदरमा घडेरी किन्नका लागि कर्जाको व्यवस्था गरेको प्रवक्ता अधिकारीले बताए । त्यसका लागि कोषमा नियमित रूपमा १८ महिनासम्म आबद्ध भएर मासिक रूपमा योगदान गर्नुपर्ने उनको भनाइ छ । श्रमिकले कोषमा योगदान गरेको रकमको आधारमा उक्त अधिकतमसम्म ऋण प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाई को आजको राशिफल
यस्तो छ तपाई को आजको राशिफल
आज दुई वटा समितिको बैठक बस्दै
आज दुई वटा समितिको बैठक बस्दै
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
बालेन सरकारले साम्राज्यवादीको एजेण्टको रुपमा काम गरिरहेको छ : महासचिव बास्तोला
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
: नेपालीको ज्ञान, सीप र अनुभवलाई संस्थागत गर्न
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक
दश महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन सेवाप्रवाहमा लापरवाही देखिए कारवाही