जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
२० पटक हेरिएको
Shares
जेनजी आन्दोलनको छानबिन गर्न आयोग बनाउने प्रक्रिया अघि बढ्यो

सारांश

  • २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ ।
  • सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
  • ‘अब बस्ने पहिलो क्याविनेटबाटै यसबारे निर्णय हुनेछ’, ती अधिकारीले भने ।

५ असोज, काठमाडौं ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ ।सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि बढाएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘अब बस्ने पहिलो क्याविनेटबाटै यसबारे निर्णय हुनेछ’, ती अधिकारीले भने ।

मन्त्रालयमा विज्ञको रोस्टर तयार गरेर आयोग गठनबारे छलफल गरिएको थियो । आयोगको क्षेत्राधिकार (टीओआर) समेत टुंगो लागिसकेको छ । स्रोतका अनुसार, आयोगका नेतृत्व विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने सम्भावना छ । ‘अरु केहीको नाम पनि आएका छन्, तर अहिलेसम्म उहाँकै नेतृत्वमा आयोग बनाउने भन्ने छ’, ती अधिकारीले भने, ‘भ्रष्टाचारविराधी छवि भएकाले पनि उहाँलाई छान्न लागिएको हो ।’

उनी नेतृत्वको आयोग तीन सदस्यीय रहनेछ । सदस्यहरुको नाम समेत लगभग टुंगो लागिसकेको छ । नेपाली सेनाको सहजिकरणमा जेनजीसँग भएको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अघि बढाएका थिए । कार्कीले मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको पहिलो बैठकले जेनजी आन्दोलनमा भएको दमनको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
नेपाल वायुसेवा निगमको भ्रष्टाचार प्रकरणमा छानबिन सुरु : सुदन गुरुङ
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु
  बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
  बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा
साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
प्रतिशोधपूर्ण रूपमा पक्राउ गरियो, कानुनी लडाइँ लड्छु : पूर्वप्रधानमन्त्री ओली
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि
रास्वपा ४७ स्थानमा अगाडि, कांग्रेस ६,एमाले ४ र नेकपा २ स्थानमा अगाडि
संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी
संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी