सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सरकारले आन्दोलनमा अवरोध गरे प्रतिकार हुन्छ, हातमा दही जमाएर बस्दैनौँ – लिङ्देन

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनका लागि कम्तिमा एक हप्ता काठमाडौंमै बसेर तयारी गर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।
  • बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।
  • उनले सरकारले दमन गरेर आन्दोलनलाई रोक्न खोजेमा प्रतिकार गरिने चेतावनी दिए।

१४ जेठ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनका लागि कम्तिमा एक हप्ता काठमाडौंमै बसेर तयारी गर्न आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरेका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र कायम नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।

उनले सरकारले दमन गरेर आन्दोलनलाई रोक्न खोजेमा प्रतिकार गरिने चेतावनी दिए। “सरकारबाट आन्दोलनमा अवरोध गरेको खण्डमा हातमा दही जमाएर बस्दैनौँ,” उनले भने। जेठ १५ को आन्दोलनलाई ‘मुल आन्दोलन’ को संज्ञा दिँदै उनले कम्तिमा एक हप्ता काठमाडौंमा बस्ने सोचका साथ तयारी गर्न आग्रह गरे। लिङ्देनले भने, “हामीले पहिला पहिला गरेका आन्दोलनहरू मुल आन्दोलनको बाटो निर्माणका लागि गरेको आन्दोलन थियो। भोलिको आन्दोलन मुल आन्दोलन हो। भोलि शुरु मात्रै हो। हाम्रो आन्दोलन निरन्तर रुपमा रहन्छ। बाहिरबाट आउनुभएका साथीहरुलाई भोलि बेलुका फर्किने गरी पहिलाको जस्तो बसको, प्लेनको टिकटको व्यवस्था नगर्नुहोला।

कम्तिमा एक हप्ता काठमाडौं बस्नुपर्छ भन्ने सोचका साथ तयारीका साथ यहाँ रहनु होला। बस्ने क्रममा कुनै प्रकारका असुविधा नहोस् भन्नेमा हामी सचेत छौँ।” अध्यक्ष लिङ्देनले जेठ १५ गतेको प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण हुने बताएका छन्। उनले प्रदर्शनमा हुनसक्ने घुसपैठप्रति सचेत रहन आग्रह गर्दै आन्दोलनलाई हिंसात्मक बनाउन सरकार वा सरकारबाट सञ्चालित संयन्त्रहरू क्रियाशील हुनसक्ने भन्दै कार्यकर्ताहरूलाई सजग रहन निर्देशन दिए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति हार्ने बेलामा आत्तिएर आएको बोली जस्तो लागेको टिप्पणी गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ
टुँडिखेलमा ओली र देउवाविरुद्ध नाराबारे अमरेशको टिप्पणी- घण्टी बज्यो, नेताहरू सच्चिनु पर्छ
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित
आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
गुल्सन झालाई अप्सरा आचार्य फाउण्डेसनको नगदसहित सम्मान
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक
सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा
केबलकारविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका १७ प्रदर्शनकारी रिहा
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको, कसको कति ?