हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १६, २०८२
|
|
३० पटक हेरिएको
Shares
हेटौंडामा सडक विस्तार विवाद : सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह

सारांश

  • हेटौँडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा आज बजारका अधिकांश व्यवसायीहरूले व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् ।
  • सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनीहरू उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
  • सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समूदाय सक्रिय देखिएको छ ।

१६ मंसिर, हेटौँडा ।

हेटौँडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा आज बजारका अधिकांश व्यवसायीहरूले व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् । सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनीहरू उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।

सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समूदाय सक्रिय देखिएको छ ।आन्दोलनकारीहरूले सटर नखोली सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरे पनि केही व्यवसायी र घरधनीहरूले भने सटर खोलेर व्यापार सञ्चालन गरेको भन्दै उनीहरूलाई पनि एकताको बल देखाई सटर बन्द गरेर सडकमा उत्रिन आग्रह गरिएको छ । आन्दोलनकारी व्यवसायीहरूको भनाइमा, ‘हेटांैडाको भविष्य सुरक्षित राख्न, न्यायपूर्ण मुआब्जा प्राप्त गर्न र मनपरी निर्णय रोक्न सबै प्रभावितले एउटै आवाज उठाउनुपर्ने आवश्यकता छ । आजको आन्दोलन हामी सबैको अधिकारको रक्षा गर्न हो, केहीको लागि मात्र होइन ।’

सडक विस्तारको प्रक्रियामा पारदर्शिता अभाव, मुआब्जा निर्धारणमा स्पष्टता नहुनु र सरोकारवालाको आवाजलाई बेवास्ता गरिएको आरोपसहित व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । यसैबीच, हेटौडा बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयले भने कानूनी प्रक्रिया अनुसारै काम अघि बढाइने फेरि दोहोर्याएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ: डा.महत
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,
मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
यस्तो छ आजको मौसम: पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
यस्तो छ आजको मौसम: पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
५ लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत पक्राउ
मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक
मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक