उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर ४, २०८१
|
|
७२ पटक हेरिएको
Shares
उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने, एनपीएलको खेल तालिका सार्वजनिक,

सारांश

  •   यही मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ।
  • नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ।
  • उनीहरूबीचको खेल मंसिर १५ गते दिउँसो १२:१५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।

४ मंसिर, जनकपुर ।  यही मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ।

उनीहरूबीचको खेल मंसिर १५ गते दिउँसो १२:१५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताका नियमित खेल भने मंसिर १७ गतेदेखि हुनेछन्। क्यानका अनुसार बिहान ९:१५ बजे पहिलो खेल र १:१५ बजे दोस्रो खेल हुनेछन्। मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि उपनिर्वाचन हुने भएकाले त्यो दिन खेल हुनेछैन।

क्यानले सार्वजनिक गरेको तालिका अनुसार मंसिर १७ गते पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दा दोस्रो खेलमा जनकपुर र कर्णाली याक्स आमने-सामने हुनेछन्। यस्तै, मंसिर १८  गते पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स तथा दोस्रो खेलमा चितवन राइनोज् र पोखरा एभेन्सर्ज भिड्नेछन्। लिग चरणका खेलहरू पुस १ गतेसम्म चल्ने क्यानले जनाएको छ। क्यानका अनुसार लिगको शीर्ष दुईमा स्थान बनाउने टोलीले सिधै क्वालिफायर खेल्नेछन्।

तेस्रो र चौथो स्थानका टोलीले एलिमिनेटर खेल्नेछन्। एलिमिनेटर खेल पुस २ गते बिहान ९:१५ मा हुनेछ। क्वालिफायरको खेल भने दिउँसो १:१५ बजे हुनेछ। दुवै खेल पुस ३ गते हुने क्यानले  जनाएको छ। क्यानका अनुसार क्वालिफायर १ मा पराजित भएको टोली र एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछन्। यो खेल पुस ४ गते दिउँसो १२:१५ मा हुनेछ।  फाइनल खेल पुस ६ गते शनिबार दिउँसो १२:१५ मा हुने क्यानले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीहरुले घेरे चिकित्सा शिक्षा आयोग,  सिट घटाउने निर्णयप्रति आक्रोश
विद्यार्थीहरुले घेरे चिकित्सा शिक्षा आयोग, सिट घटाउने निर्णयप्रति आक्रोश
मुलुकको हितले स्थान पाएको दिन हो : प्रधानमन्त्री ओली
मुलुकको हितले स्थान पाएको दिन हो : प्रधानमन्त्री ओली
वैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुको लागी अभिमुखीकरण तालिम
वैदेशिक रोजगारमा जान लागेका व्यक्तिहरुको लागी अभिमुखीकरण तालिम
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
भेडेटार स्काईवाक आजदेखि सञ्चालनमा 
भेडेटार स्काईवाक आजदेखि सञ्चालनमा 
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका
आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध
अमेरिकाले अस्थायी रूपमा हटायो इरानी तेलमा लगाइएको प्रतिबन्ध