सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
७७ पटक हेरिएको
Shares
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री

सारांश

  • आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ ।
  • शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।
  • डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टाईले जानकारी दिइन् ।

२२ चैत, काठमाडौं ।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा वार्ताको लागि आह्वान गरिएको थियो ।

डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको मन्त्री भट्टाईले जानकारी दिइन् । उनले भनिन्,‘सरकार लचिलो भएर प्रश्तुत भइरहेको छ । शिक्षकका मागहरुलाई दृढताकासाथ सम्बोधन गरेर अगाडि बढिरहेको छ । मन्त्रालय मात्र नभइ सिंगो सरकार, संसदको प्रमुख सचेतक, दलका मुख्य सचेतकहरुसहितको उपस्थितिमा आह्वान गरेको थियौं तर उहाँहरु आउनुभएन । औपचारिक खबर पनि आएन । करिब डेढ घण्टा पर्खेका हौं ।

उहाँहरु नआएपछि आजको बैठक स्थगित गराएका छौं ।’उनले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैले फोन गरेर साथै मन्त्रालयबाट औपचारिक रुपमा पत्रचारसमेत गर्दा पनि वार्तामा उपस्थित नभएको बताइन् । मैले शिक्षक महासंघ, शिक्षक प्रतिनिधिहरु सबैलाई आफैंले फोन गरें र आमन्त्रण गरें । उहाँहरुलाई फोन गरेर आमन्त्रण गरेपछि अनौपचारिक भयो भनेर हामीले मन्त्रालयको तर्फबाट एउटा पत्र पठाऔं । सबैलाई तीन बजे उपस्थित हुन भनेका हौं । वार्ताका लागि मन्त्रालय सँधै खुला छ भनेर सार्वजनिक आह्वान पनि गर्यौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए
प्रधानमन्त्री ओलीले मन्त्री गुप्तालाई बालुवाटार बोलाए
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्
धनुषामा २६ दिनमा ८१ लाख बढीको अवैध सामान बरामद
धनुषामा २६ दिनमा ८१ लाख बढीको अवैध सामान बरामद
केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव
केबलकार विवाद समाधान गर्न नेता शर्माको सुझाव
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन गर्न रोक
सरकारी स्वास्थ्यकर्मीलाई निजीमा काम र विज्ञापन गर्न रोक
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप
मतदाता नामावलीमा नाम दर्ता गर्न मंसिर ५ गतेसम्म म्याद थप