निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
२४ पटक हेरिएको
Shares
निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छ : गृहमन्त्री

सारांश

  • गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद्‍‍मा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई सोधेकी थिइन् ।
  • जवाफमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका हुन् ।

२ वैशाख, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद्‍‍मा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई सोधेकी थिइन् । जवाफमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका हुन् ।

सांसद गौतमको प्रश्न छ– कञ्चनपुरकै गृहमन्त्री हुनुहुन्छ, तर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन सकेको छैन, आफ्नै निर्वाचन क्षेत्रको जघन्य अपराधको सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन तपाईंलाई गृहमन्त्रीको हैसियतमा के ले रोकेको छ ?’यो विषयलाई सरकारले प्राथमिकतामा नराखेको आशंका सांसद गौतमको छ । उनी अगाडि सोध्छिन्, ‘न्याय दिलाउने जिम्मेवारीबाट सरकार पन्छिन खोजेको हो ? निर्मला पन्तको हत्या प्रकरणलाई अन्त्य गरेर दोषीलाई कानुनी कठघरामा उभ्याउने साहस कहिले देखाउनुहुन्छ, मन्त्रीज्यू ?’

जवाफमा गृहमन्त्री लेखक लेख्छन्, ‘गृह मन्त्रालय र अन्तर्गतका संयन्त्रहरू तथ्यमा आधारित रहेर निस्पक्षमूलकढंगबाट अनुसन्धान गर्ने गरी परिचालन गरिएको छ । त्यसैले प्रस्तुत अपराधमा सत्यतथ्य उजागर गर्न र पीडित परिवारलाई न्याय दिलाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको छ ।’ १० साउन २०७५ मा कञ्चनपुरको महेन्द्रनगरमा साथीको घरबाट हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबिन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागि थप एक युवकको समेत मृत्यु भएको थियो । तर, अझैसम्म यो विषयको वास्तविकता थाहा लाग्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता
भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता
देशका विभिन्न ठाँउमा ४ जना मृत फेला
देशका विभिन्न ठाँउमा ४ जना मृत फेला
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
आज फेरि बजारबाट एक खर्ब झिक्दै राष्ट्र बैंक
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री
मन्त्रालयमा सुधारको काम गरिरहेको छु : गृहमन्त्री
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर
आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल
नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार जरुरी छः स्वास्थ्यमन्त्री पौडेल