दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २२, २०८१
|
|
२६ पटक हेरिएको
Shares
दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयौं : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आएपछि आफूहरू दलाल र बिचौलियाको घेरामा परेको बताएका छन् ।
  • माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यो घेरा तोडेर अब माओवादी आफ्नै वर्ग र समुदायतर्फ फर्किने अभियानमा लागेको बताए ।
  • पार्टीले के-के राम्रा काम गर्‍यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रूपमा जनताको बीचमा जाने अभियान शुरू गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए ।

२२ माघ, म्याग्दी ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियामा आएपछि आफूहरू दलाल र बिचौलियाको घेरामा परेको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले त्यो घेरा तोडेर अब माओवादी आफ्नै वर्ग र समुदायतर्फ फर्किने अभियानमा लागेको बताए ।

पार्टीले के-के राम्रा काम गर्‍यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्त रूपमा जनताको बीचमा जाने अभियान शुरू गरिएको उल्लेख गर्दै उनले अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए ।  ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौं बरु पछि गएर हामी दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो ।

फेरि अब हामीले त्यो घेरा तोडेका छौं’, प्रचण्डले भने, ‘अब हामी जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डाका साथ अघि बढ्ने छौं । हामीमा अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबीच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइने छ ।’२०८४ मा ०६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने उनको भनाइ छ ।

‘हामीले पार्टी एकता कायम राख्न सकेनौं, हामी आफ्नो वर्ग र समुदायबाट केही टाढा हुन पुग्यौं’, प्रचण्डले भने, ‘म अन्तरआत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि हामी आफ्नै वर्ग र समुदायमा फर्कने संकल्पका साथ अघि बढेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
पठाओ राइडरको कोठामा भेटियो स्वचालित इन्सास ह*तियार, एक जना पक्राउ
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
मन्त्री कुलमान घिसिङले गरे निर्माणाधीन संसद भवनको आकस्मिक निरीक्षण
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
प्रचण्डको दाबीः देश माओवादीमय बन्दै छ, आउँदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ
मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी
मधेश सरकार : तीन दलबीच १५ बुँदे सहमति, चार मन्त्रीको शपथको तयारी
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
जुम्लाबाट सुर्खेत जाँदै गरेको गाडी दुर्घटना, सात जना घाइते
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला
जनताको अधिकारका नाममा गोली प्रहार गर्नु माओवादीको चरम कायरता: कांग्रेस नेता सिटौला
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा
बराह सहकारीकाे पाैने ११ अर्ब हिनामिना- बराह ग्रुपमा आवद्ध दुई दर्जनबढी कम्पनीलाई मुद्दा