भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
भारतीय कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की, प्रहरीमा उजुरी दर्ता

सारांश

  •   खासमा अहिले उनलाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ ।
  • कपिल शर्मा मात्र नभई उनका परिवारका सदस्य र सह–कलाकारलाई पनि ज्यान मार्ने धम्की आएको छ ।
  • यो अचम्मको घटना सार्वजनिक भएपछि मुम्बईको अम्बोली पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ ।

१० माघ,  मुम्बई-भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर आएको छ ।  खासमा अहिले उनलाई अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । कपिल शर्मा मात्र नभई उनका परिवारका सदस्य र सह–कलाकारलाई पनि ज्यान मार्ने धम्की आएको छ ।

यो अचम्मको घटना सार्वजनिक भएपछि मुम्बईको अम्बोली पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ । चाखलाग्दो कुरा के छ भने कपिल अघि अभिनेता राजपाल यादव, कोरियोग्राफर रेमो डिसुजा र कमेडियन सुगन्धा मिश्रालाई पनि यस्तो धम्कीपूर्ण इमेल आएको थियो । धम्की दिने इमेल पठाउनेले कपिल शर्मा र उनका आफन्त, परिवारका सदस्य, चिनजान, सहकर्मी, छिमेकीलगायत सबैलाई मार्ने धम्की दिएको छ ।

यस सम्बन्धमा मुम्बईको अम्बोली पुलिसले धारा ३५१ (३) अन्तर्गत मुद्दा दर्ता गरेको छ।  मुद्दा दर्ता भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । यद्यपी कपिल वा उनको परिवारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । कपिललाई धम्की आएको इमेलको आईपी ठेगाना पाकिस्तानको भएको पनि जानकारी आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
ग्यास उद्योगीको आन्दोलन स्थगन
ग्यास उद्योगीको आन्दोलन स्थगन
स्कुटरको ठक्करबाट वृद्धको मृ*त्यु
स्कुटरको ठक्करबाट वृद्धको मृ*त्यु
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
२८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक
ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ
ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
पर्खाल चढेर संसद् भवन छिर्ने प्रयासमा जेन-जी, नियन्त्रणमा लिन प्रयास गर्दै सुरक्षाकर्मी
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान
भारतीय अभिनेत्री शिल्पा शेट्टीविरुद्ध ६० करोड ठगीको आरोप, घन्टौं लिइयो बयान