मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ९, २०८०
|
|
४७ पटक हेरिएको
Shares
मधेस प्रदेश : मन्त्रालय खोसिएपछि जनमत पार्टी आक्रोशित

सारांश

  • जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा जनमत पार्टीका मन्त्रीलाई मन्त्रालयविहीन बनाइएको छ ।
  •   सहमति विपरीत मन्त्रालयविहीन बनाउने काम भएका भन्दै जनमत पार्टी आक्रोशित बनेको छ ।
  • जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका दलका नेता महेशप्रसाद यादवले विना सहमति मन्त्रालय खोसिएपछि यसबारे पार्टीभित्र छलफल भइरहेको बताए ।

९ जेष्ठ, जनकपुरधाम । जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा जनमत पार्टीका मन्त्रीलाई मन्त्रालयविहीन बनाइएको छ ।  सहमति विपरीत मन्त्रालयविहीन बनाउने काम भएका भन्दै जनमत पार्टी आक्रोशित बनेको छ । जनमत पार्टीका मधेस प्रदेश संसदीय दलका दलका नेता महेशप्रसाद यादवले विना सहमति मन्त्रालय खोसिएपछि यसबारे पार्टीभित्र छलफल भइरहेको बताए । उनले हालसम्म आधिकारिक जानकारी नभए पनि जनमत पार्टीले सम्हाल्दै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फेरिएको सुनिएको बताए ।  उनले प्रदेश प्रमुखको कार्यालयमा आजै १ बजे हुने नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा सहभागी हुने वा नहुने भन्नेबारे पार्टीमा छलफल गरेर निर्णयमा पुगिने बताए ।

सरकारमा अहिले जनमत पार्टीका वसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा छन् । तर उनको जिम्मेवारी खोसेर नेकपा एकीकृत समाजवादी  दलका नेता गोविन्द बहादुर न्यौपानेलाई दिने सहमति भएको मधेस प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।  उनका अनुसार कृषि मन्त्रालयका जिम्मेवारीमा रहेका जनमतका कुशवाहालाई विना विभागीय मन्त्रीको रूपमा नियुक्त गर्ने तयारी छ ।

प्रदेश सरकारबाट एमाले बाहिरिएपछि करिब दुई महिना पछि हुन लागेको मन्त्रिपरिषद् विस्तारमा जसपा नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट दुई जना र नेकपा एकीकृत समाजवादीबाट एक जना मन्त्री सहभागी हुन लागेका हुन् ।  यस्तै लोसपाले भने मन्त्रालयको टुङ्गो नलागेकाले मन्त्रीको नाम टुंगो लगाएको छैन । कांग्रेसबाट मधेस प्रदेशका सभापति कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्री, कांग्रेसकै वीरेन्द्र सिंहले स्वास्थ्य मन्त्री र नेकपा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
जिप दुर्घटना हुँदा शिक्षिकाको मृत्यु, दुई नाबालक छोरा घाइते
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
मेलम्चीको पाइप फुटेर भेल पसेपछि विशेष अदालतको सुनुवाइ रोकियो
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
दमौलीमा पानीको हाहाकार: एक गाग्रीका लागि घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या
महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी