मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
३५ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक

सारांश

  • भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको छ ।
  • यसअघि अध्यादेश आएर परिवर्तन भएका र नयाँ व्यवस्थालाई निरन्तरता दिने गरी सरकारले विधेयक ल्याएको हो ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृति लिएर विधेयक अगाडि बढाइएको हो ।

९ वैशाख, काठमाडौं ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको छ । यसअघि अध्यादेश आएर परिवर्तन भएका र नयाँ व्यवस्थालाई निरन्तरता दिने गरी सरकारले विधेयक ल्याएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृति लिएर विधेयक अगाडि बढाइएको हो ।

मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक मन्त्रिपरिषद्मा लगेका छन् । अब मन्त्रिपरिषद्को विधेयक शाखाले अध्ययन गरेर अगाडि बढाउन भनेपछि यो विधेयक मन्त्रिपरिषद्मा पेश हुन्छ । मन्त्रिपरिषद्ले संसद्मा दर्ता गर्न स्वीकृति दिएपछि सम्बन्धित मन्त्रालयले विधेयक अगाडि बढाउँछ । यसअघि सरकारले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा ल्याएको थियो । यो अध्यादेश ४ माघमा राजपत्रमा प्रकाशित भएको थियो ।तर, संसद्बाट अगाडि बढ्न सकेन ।सरकारले संसद् अधिवेशन नरहेका बेला अध्यादेश ल्याउन सक्छ ।अधिवेशन सुरु भएको पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्नुपर्छ ।

यस्तो व्यवस्था अनुसार हिउँदे अधिवेशनको पहिलो दिन १८ माघ २०८१ मा यो अध्यादेश दुवै सभामा प्रस्तुत भएको थियो । त्यसपछि दुवै सदनबाट स्वीकृत गराएर सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याउन सक्थ्यो । तर, सत्तारुढ दलहरूकै बीचमा यो अध्यादेशलाई लिएर विवाद भएपछि सरकारले अगाडि बढाएन । विगतमा अध्यादेश ल्याउँदा परिवर्तन भएका र नयाँ व्यवस्थालाई नै समेटेर विधेयक अगाडि बढाइएको छ । भूमि सम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउने तयारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
झापा गोल्डकपका पूर्व अध्यक्ष बस्नेत घरमै झुण्डिएको अवस्थामा मृ*त फेला
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न आदेश
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी
संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी
संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी