Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
४० पटक हेरिएको
Shares
अख्तियारको बेरुजु शून्य, सचिव भन्छन्- कानुनअनुसार काम गरे बेरुजु शून्य हुन्छ

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ ।
  • प्रत्येक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो ।
  • सोमबार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनै पनि नरहेको जानकारी दिए ।

 

१२ साउन, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बेरुजु शून्य देखिएको छ । प्रत्येक वर्ष ठूलो मात्रमा बेरुजु बढिरहेका बेला अख्तियारको भने बेरुजु शून्य देखिएको हो । सोमबार सार्वजनिक लेखा समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायण शर्मा दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अहिलेसम्म बेरुजु कुनै पनि नरहेको जानकारी दिए ।

उनले कानुनको परिपालना गरेर कार्यसम्पादन गर्ने हो भने कुनै पनि बेरुजु नरहने बताए । सचिव दुवाडीले भने, ‘कानुनअनुसार काम गरेकै कारण बेरुजु नआएको हो । इमान्दारीतापूर्वक कानुनको परिपालना गरौं । बेरुजु रहन्न । निकायहरूमा अहिले धेरै बेरुजु देखिने गरेको छ । सबै बेरुजु भ्रष्टाचार नभएपनि  बेरुजु एक भ्रष्टाचारको सुरुवात हो । कतिपय बेरुजु भ्रष्टाचारमा परिणत भएका छन । अख्तियार समेत आकर्षित हुने गरेको छ ।’

उनका अनुसार बेरुजु फर्छ्योट गर्न कानुनको परिपालना गर्नैपर्छ भने व्यवस्थित लेखा प्रणाली नहुनु पनि बेरुजु बढ्नुको एक कारण हो । कमजोर कारबाही प्रणाली, बेरुजु फर्छ्योट गर्ने दायित्व कसको हो भन्नेबारे दुविधा रहनु, बारम्बार कर्मचारी परिवर्तनले पनि फछ्र्यौटमा समस्या पारेको उनको भनाइ छ । सचिव दुवाडीकाअनुसार औचित्य पुष्टि नहुने गरी अनेक शीर्षकमा बजेटमा राखिने भएकाले पनि बेरुजु बढेको हो । बेरुजु फर्छ्योट शासकीय इस्यू भएकाले पनि शून्य बेरुजु कायम गर्नेगरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?