विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
१८ पटक हेरिएको
Shares
विशेष अदालतको फैसला– दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झा र खनाल भ्रष्टाचारी ठहर

सारांश

  • विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
  • विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो ।
  • एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएका थिए ।

२३ फागुन, काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई भ्रष्टाचार ठहर गरेको हो ।

एमडीएमएस भ्रष्टाचार आरोपमा १४ जना मुछिएका थिए । पूर्वअध्यक्षद्वय झा र खनाल बाहेक प्राधिकरणका अरु कर्मचारीहरुले भने सफाइ पाएका छन् । भन्सार छलेर ल्याइएका मोबाइल सेटलाई निष्कृय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भनी अख्तियारले पुस, २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले ठेक्का भएको रकम ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दावी गरे पनि विशेष अदालतले भुक्तानी भएको रकम २३ लाख २० हजार रुपैंयालाई मात्रै भ्रष्टाचार ठहर गरी त्यसै अनुसार विगो कायम गरेको हो ।

अख्तियारले एमडीएमएस उपकरण खरिदमा संलग्न कम्पनीहरु मलेसियाको न्यूमेरा कम्पनी, नमस्ते ग्लोबल सिंगापुर, ओएसआई डिजिटल इण्डिया विरुद्ध पनि मुद्दा दायर गरेको थियो । उक्त कम्पनी बाहेक अरुमाथिको आरोप स्थापित हुन सकेन । लागत अध्ययन नगरी खरिद प्रक्रिया अघि बढेको, अस्वभाविक बढी लागत देखाएको अख्तियारको आरोप थियो । अख्तियारको दावी अनुसार, यतिसम्म कि प्राधिकरणले त्यो प्रणाली कहाँ स्थापना गर्ने तय नै नभई ठेक्का प्रक्रिया अघि बढाएको थियो । अख्तियारले गोपनीयताको हक प्रतिकूल हुने गरी विदेशी कम्पनीहरुलाई ‘अपरेशनल’ रुपमा पूर्ण जिम्मेवारी दिएकोमा समेत प्रश्न उठाएको थियो । त्यसले तथ्यांकको गोपनियतामा ध्यान नदिएको भन्दै उसले प्रचलित कानून मिचेर प्रणाली खरिद गरेको दावी गरेको थियो ।

पाँच वर्षको अवधिमा प्राधिकरणले उपकरण तथा सफ्टवेयर खरिद र सञ्चालन खर्च समेत गरेर करिव ३ अर्ब ४९ करोड रुपैंया भुक्तानी गनुपर्ने थियो । उक्त रकम लागत अनुमानको तुलनामा करिव २ अर्ब २५ करोड रुपैंयाले बढी हो । तर त्यसको नगन्य रकम मात्रै भुत्तानी भएको थियो । अख्तियारले भ्रष्टाचारमुद्दा दायर गर्दा पाँच वर्ष सञ्चालनको खर्चलाई विगोमा हिसाब गरेको थिएन, उपकरण खरिद र सफ्टवेयरको ठेक्कालाई मात्रै विगो कायम गरेको थियो । ठेकेदारले भने पाँच वर्षसम्म प्रणाली सञ्चालन गर्ने र त्यसबापत थप शुल्क उठाउने योजना बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली
राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
न्यायपालिकाको सन्दर्भमा नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ : गगन थापा
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
वीरगञ्जमा पनि कफ्र्यू आदेश जारी
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
साफ महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा आज स्ववियु निर्वाचन, केन्द्रीय क्याम्पसमा तालाबन्दी
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप
ओली र लेखकको पक्राउमा कानुनी प्रक्रिया मिचिएको पूर्व डिआईजी गुरुङको आरोप
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
बूढानीलकण्ठ क्षेत्रमा १ सय ८१ वटा सीसी क्यामरा जडान, उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने
दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना
दुई प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला
कालिकोटमा विद्यालयका प्रधानाध्यापक मृ*त अवस्थामा फेला