०८४ मा माओवादीले २५० सिट जितेर पहिलो दल बन्ने प्रचण्डको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ ५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
०८४ मा माओवादीले २५० सिट जितेर पहिलो दल बन्ने प्रचण्डको दाबी

सारांश

  • सरकारको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनमा पहिलो दल बन्ने दाबी गरेका छन् ।
  • मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
  • ‘हामी १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं ।

 

काठमाडौं । सरकारको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनमा पहिलो दल बन्ने दाबी गरेका छन् । मोरङको ग्रामथान गाउँपालिकामा आयोजित धन्यवाद तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘हामी १ सय २२ ठाउँमा स्थानीय तहमा जितेका थियौं । गएको उपनिर्वाचनमा ग्रामथानले त्यसलाई १ सय २३ ठाउँ पुगेको छ,’ प्रचण्डले भने, ‘अब त्यो १ सय २३ लाई हामी २ सय ५० बनाउनेछौं । अबको निर्वाचनमा माओवादी पहिलो दल बन्नेछ । यसमा कसैले रोक्न सक्दैन ।’ गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको भन्दै अब ०८४ को निर्वाचनमा पहिलो दल बन्ने उनको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ