सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्

सारांश

  • गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन्।
  •   जनकपुरमा शुक्रबार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्।
  • उनले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताए।

९ जेठ, जनकपुर ।

गृहमन्त्री रमेश लेखकले देशभर लागुऔषधको समस्या डरलाग्दो रुपमा बढिरहेको बताएका छन्।  जनकपुरमा शुक्रबार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले लागुऔषधको नियन्त्रण जरुरी रहेको बताए। उनले सडक दुर्घटना नेपालको अर्को विकराल समस्या रहेको बताउँदै सडक दुर्घटनाबाट दैनिक झन्डै ७ जनाको ज्यान जाने गरेको बताए।

उनले देशभर आत्महत्यका कारण दैनिक १७ जनाको ज्यान जाने गरेको र साइबर क्राइम पनि डरलाग्दो समस्याका रुपमा आएको बताए। उनले लागुऔषधको नियन्त्रणमा खटिएर लाग्न प्रदेशका सुरक्षा निकायहरुलाई निर्देशन दिए।  ड्रग्सको धेरै ठूलो समस्या छ । देशभर नै लागुऔषधको समस्या देखिएको छ । लागुऔषधको नियन्त्रण जरुरी छ । सडक दुर्घटना अर्को ठूलो समस्यका रुपमा रहेको छ । एक दिनमा झन्डै ७ जना मानिस सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । सडक दुर्घटनाको नियन्त्रण अर्को महत्वपूर्ण काम हो ।’

उनले भने, ‘आत्महत्याको अवस्था देशभर झन्डै १७ जनाले एक दिनमा आत्महत्या गरिरहेका छन् । अर्को साइबर क्राइम छ । यो सबै कुरा एक अर्कोसँग जोडिएको छ । मानिसले लागुऔषध सेवन गरेर सवारी चलाउँछ, दुर्घटना हुन्छ । लागुऔषध सेवन गरेर डिप्रेसनमा जान्छ, लागुऔषध सेवन गरेर परिवारमा तनाव हुन्छ, आत्महत्या गर्दछ । लागुऔषधको नियन्त्रणमा खटिएर लाग्नुहोला ।’ गृहमन्त्री लेखकले शान्ति सुरक्षा देशको पहिलो शर्त र आवश्यकता भएको उल्लेख गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
एमाले चुनाव : ५६० मत खस्यो
एमाले चुनाव : ५६० मत खस्यो
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
छोराको हत्या आरोपमा मकवानपुरका भ्लोन दम्पती हिरासतमा
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
एमाले महाधिवेशनमा अध्यक्ष ओलीले लिए पद तथा गोपनियताको सपथ
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने
मधेश सरकारको योजनाको चिठी बिक्रीबारे संसदीय छानबिन समिति गठन गरिने