शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २, २०८३
|
|
३९० पटक हेरिएको
Shares
शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

सारांश

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
  • मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुदका क्षेत्रमा नयाँ रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भएको छ ।
  • भेटका क्रममा विशेषगरी नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको’ अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनका विषयमा महत्त्वपूर्ण परामर्श भएको छ ।

२ वैशाख, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुदका क्षेत्रमा नयाँ रणनीतिक सहकार्य गर्ने विषयमा छलफल भएको छ । भेटका क्रममा विशेषगरी नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्ने लक्ष्य राखेको’ अटिजम स्कुल’ को अवधारणा र कार्यान्वयनका विषयमा महत्त्वपूर्ण परामर्श भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि गुणस्तरीय शिक्षा र उचित वातावरण तयार गर्न बेलायत सरकारको प्राविधिक सहयोग, स्रोत व्यवस्थापन र दक्ष जनशक्ति विकासमा सहकार्यका लागि आग्रह गरेका छन् । यस्तै, मन्त्री पोखरेलले नेपाली शिक्षकहरूको पेशागत क्षमता विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै यसमा बेलायतको आधुनिक शिक्षण पद्धति र अनुभव फलदायी हुने विश्वास व्यक्त गरे । भेटमा नेपाल र बेलायतबीचको दुई शताब्दी लामो द्विपक्षीय सम्बन्धको स्मरण गर्दै शिक्षा क्षेत्रमा बेलायतले पु¥याउँदै आएको निरन्तर सहयोगको मन्त्री पोखरेलले प्रशंसा गरे । उनले भने, ‘नेपालको शैक्षिक रुपान्तरण र शिक्षकहरूको कार्यकुशलता अभिवृद्धिमा बेलायत सरकारको भूमिका सधैं सराहनीय छ, आगामी दिनमा यो सहकार्य अझै व्यापक हुने अपेक्षा राखेका छौँ ।’

राजदूत रब फेनले नेपालको शैक्षिक विकास र खेलकुद क्षेत्रको प्रवद्र्धनमा बेलायत सरकार सधैं सकारात्मक रहेको बताए । उनले नेपालमा ’ट्रान्सनेसनल एजुकेशन’ (अन्तरदेशीय शिक्षा) को सम्भावना र यसले नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने विषयमा चासो व्यक्त गरे । राजदूत फेनले नेपाल सरकारको अटिजम स्कुल सञ्चालन गर्ने योजनालाई उच्च सराहना गर्दै त्यसका लागि आवश्यक पर्ने विशेषज्ञता र सहयोगका क्षेत्रहरू पहिचान गरी अघि बढ्न बेलायत उत्सुक रहेको प्रतिबद्धता जनाए । भेटमा दुवै पक्षले दुई देशबीचको बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउने र शिक्षाका क्षेत्रमा तय गरिएका नयाँ लक्ष्यहरूलाई कार्ययोजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
त्रिविका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा
बैंकिङ कसुरमा गाउँपालिका अध्यक्ष पाँच दिनदेखि प्रहरी हिरासतमा
सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री
सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा मात्रै १ लाख ३७ हजार छोडे
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते
विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
इन्धनमा भारी वृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो
इन्धनमा भारी वृद्धि : पेट्रोल २०२ र डिजेल १७२ रुपैयाँ पुग्यो
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने