पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते

सारांश

  • पाकिस्तानको एक मदरसामा विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।
  • २० भन्दा बढी घाइते भएका छन् ।
  • उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको तालिबान समर्थक धार्मिक विद्यालय भित्र रहेको दारुल उलुम हक्कानिया मदरसामा विस्फोट भएको हो ।

 

१६ फागुन, काठमाडौं । पाकिस्तानको एक मदरसामा विस्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएका छन् । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको तालिबान समर्थक धार्मिक विद्यालय भित्र रहेको दारुल उलुम हक्कानिया मदरसामा विस्फोट भएको हो । शुक्रबार प्रार्थनाको दिन भएकाले मदरसामा धेरेजना जम्मा भएका थिए ।

पाकिस्तानी सञ्चारसंस्थाहरूले जनाएअनुसार घाइतेहरूलाई सुरक्षाकर्मीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएका छन् । घाइतेमा केही बालबालिका पनि छन् । मदरसामा बसेर अध्ययन गर्ने बालबालिका र प्रार्थनाका लागि पुगेकाहरूलाई लक्षित गरेर विस्फोट गराइएको सञ्चारमाध्यमहरूले जनाएका छन् । विस्प्टको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । पाकिस्तानमा आईसीसी च्याम्पियन्स ट्रफी चलिरहेको छ । विस्फोटको घटनापछि पाकिस्तानमा पुनः खेलाडीको सुरक्षालाई लिएर चिन्ता व्यक्त हुन थालेको छ ।

एसोसिएटेड प्रेसका अनुसार अफगान तालिबानसँगको सम्बन्धका लागि चिनिने हक्कनियामा भएको आक्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन । बम विष्फोट मुस्लिम पवित्र महिना रमजानको अगाडि भएको छ, जुन चन्द्रमा देखिएपछि शनिबार वा आइतबार सुरु हुने अपेक्षा गरिएको छ । सो मदरसामा करिब चार हजार विद्यार्थी अध्ययन गर्ने गर्छन् । त्यहाँ सबैलाई निःशुल्क खाना र बास र शिक्षाको सुविधा दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?