दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
सारांश
- दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ ।
- ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
- भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको समाचार लेखेका छन् ।
२५ कात्तिक, मुम्बई ।
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षीय अभिनेतालाई सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चारमाध्यमले मंगलबार बिहान उनको निधनको समाचार लेखेका छन् । स्वास्थ्य बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । देओल परिवार निकट स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई निधनपछि विदेशबाट मुम्बई बोलाइएको छ । सोमबार राती सनी देओल अस्पताल बाहिर धेरै भावुक देखिएका । बबी देओल पनि ‘अल्फा’ को छायांकन छोडेर आफ्नो बुबालाई भेट्न मुम्बई फर्किएका थिए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया