शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
१९ पटक हेरिएको
Shares
शिक्षकको आन्दोलन नवौं दिनमा, महासंघ अध्यक्ष भन्छन् – सरकार आलस्य र गैरजिम्मेवारी देखियो

सारांश

  • देशभरबाट आएका शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन सुरु गरेको ९ दिन भयो तर, सरकारसँग सहमति जुटेको छैन ।
  • शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलित भएका हुन् ।
  • सरकारले पटक-पटक वार्तामा बोलाए पनि ऐन जारी गर्ने सुनिश्चित नभएसम्म नजाने अडान महासंघ बिहीबार भने सरकारसँग छलफलमा बस्यो ।

२९ चैत, काठमाडौं ।

देशभरबाट आएका शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन सुरु गरेको ९ दिन भयो तर, सरकारसँग सहमति जुटेको छैन । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरू आन्दोलित भएका हुन् । सरकारले पटक-पटक वार्तामा बोलाए पनि ऐन जारी गर्ने सुनिश्चित नभएसम्म नजाने अडान महासंघ बिहीबार भने सरकारसँग छलफलमा बस्यो ।

महासंघका सहअध्यक्ष नानुमाया पराजुलीमो नेतृत्वमा शिक्षा मन्त्रालयमा वार्ता भएपनि सहमति भएन । र, महासंघले आन्दोलनलाई निरन्तरता दिने बताएको छ । राज्य सञ्चालकहरूमा देखिएको आलस्य, शिक्षाप्रतिको गैरजिम्मेवारीपन तथा संवेदनहीनता विरुद्ध हामी लडिरहेका छौं । देशको विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटो हिंडाउने महाअभियानमा छौं’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीको हितका पक्षमा लडिरहेका छौं । हामीलाई थाक्ने गल्ने सुविधा छैन । त्यसैले आन्दोलनको मोर्चामा अझ कटिबद्ध भएर लाग्छौं ।’ ऐन जारी गर्न महासंघले तीन वटा विकल्प प्रस्तुत गरेको छ ।‘महासंघले विगतमा भएको सहमतिको कार्यनयन गर्दै ऐन जारी गर्न भनेको छ ।

विशेष अधिवेशन, बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट ल्याउने वातावरण बनाउन भन्यौं,’ बिहीबारको वार्तामा सहभागी सहअध्यक्ष पराजुलीले भनिन् । वार्तामा सरकारको तर्फबाट शिक्षा मन्त्री विद्या भट्टराई नेतृत्वको टिम थियो । सरकारले आन्दोलन छोडेर वार्ता र संवादलाई निरन्तरता दिन महासंघलाई आग्रह गरेको छ । सरकारले घुमाउरो भाषामा आन्दोलन रोक्न भनेको उनले बताइन् । ऐन जारी नभएसम्म आन्दोलन रोकिदैन भन्यौं । अब ऐन जारी गर्ने वातावरण बन्यो भने मात्र वार्तामा आउछौ भनेका छौं’ उनले भनिन्, ‘आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’ सरकारले तीन विकल्पमध्ये एउटाबाट ऐन जारी गर्ने सुनिश्चितता गरेमा मात्र वार्तामा बस्ने अडान महासंघको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा आज पेशीमा
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
ढाका हुँदै काठमाडौं आउँदै अमेरिकाबाट डिपोर्ट भएका नेपाली नागरिक
२७८० अंकमा सेयर बजार, चम्कियो निर्जीवन बीमा
२७८० अंकमा सेयर बजार, चम्कियो निर्जीवन बीमा
छिन्चु–जाजरकोट सडक अवरुद्ध
छिन्चु–जाजरकोट सडक अवरुद्ध
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?
परिचय नै नभएका केन्द्रीय सदस्यलाई नेकपाले कसरी गर्छ कारबाही ?
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
समानुपातिक बन्दसूचीबाट ८५ उम्मेदवारले लिए नाम फिर्ता
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
बागमती प्रदेशमा ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह