राजधानीमा डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १४, २०८०
|
|
२८ पटक हेरिएको
Shares
राजधानीमा  डाक्टरमाथि हातपातको आरोपमा दुई जना पक्राउ

सारांश

  • डाक्टरमाथि हातपातको आरोपमा दुई जनालाई प्रहरीले गरको छ ।
  • राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् ।

१४ असोज, काठमाडौँ । डाक्टरमाथि हातपातको आरोपमा दुई जनालाई प्रहरीले गरको छ ।

राजधानीको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतम रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए । आइतबार काठमाडौँ मेडिकल कलेजमा डाक्टर मनिष खड्कामाथि बिरामीका आफन्तले हातपात गरेका थिए ।

प्रहरीका अनुसार बिरामीलाई चेकजाँच गर्ने क्रममा डाक्टर र बिरामी पक्षबिच विवाद भएको थियो ।  बिरामीलाई समयमा जाँच नगरेको आरोप लगाउँदै  आफूमाथि कुटपिट भएको खड्काले बताएका छन् ।  डाक्टरमाथि आक्रमण भएसँगै अस्पतालका स्वास्थ्यकर्मीले सडकमा आएर प्रदर्शन सुरु गरेसँगै प्रहरीले आरोपीलाई पक्राउ गरेको बताइएको छ  । शनिबारमात्र स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणलाई नियन्त्रण तथा कारबाही गर्ने बारेमा सरकार र आन्दोलनरत चिकित्सकबिच ६ बुँदे सहमति भएको थियो । सहमति लगत्तै चिकित्सकहरूको आन्दोलन फिर्ता भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
मुस्ताङमा एक अर्बभन्दा बढी मूल्यको स्याउ उत्पादन
देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
देवानगञ्ज गाउँपालिकामा दुई दिन शोक बिदा
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन
मोटरसाइकल चोरीको आरोपमा ३ जना प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीको आरोपमा ३ जना प्रहरीको नियन्त्रणमा
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ
गगन भन्छन्: राजा ल्याउँछु भनेर हिँडेका थाकेर फर्किसके, अब चर्चा नगरौँ
प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज सुदूरपश्चिम आउँदै, प्रदेश सभालाई सम्बोधन गर्ने
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर