आगामी बजेटबारे राष्ट्रपतिलाई अर्थमन्त्रीको ब्रिफिङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
१८ पटक हेरिएको
Shares
आगामी बजेटबारे राष्ट्रपतिलाई अर्थमन्त्रीको ब्रिफिङ

सारांश

  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन्।
  • संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ।
  • आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका कार्यक्रमबारे अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।

 

१३ जेठ, काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा राष्ट्रपति रामचन्द्र पौडेललाई ब्रिफिङ गरेका छन्। संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बिहीबार बजेट ल्याउँदैछ।

आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका कार्यक्रमबारे अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्।अर्थमन्त्रीको सचिवालयका अनुसार बजेटको बारेमा ब्रिफिङ गर्न मन्त्री पौडेल मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेका थिए।अर्थ मन्त्रालयले बजेटको मस्यौदा तयार गरिसकेको छ। बिहीबार मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै संसद्‍मा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?