नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभई बोलीबाट आएको बताएका छन्।
  • बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
  • उनले नेपालमा गणतन्त्र बुलेटबाट नभई ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक–पटक आफूले आग्रह गरेकोसमेत उल्लेख गरे।

 

८ जेठ, काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभई बोलीबाट आएको बताएका छन्। बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा गणतन्त्र बुलेटबाट नभई ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक–पटक आफूले आग्रह गरेकोसमेत उल्लेख गरे। उनले अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर रहेको पनि बताए। उनले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको जिकिर गरे। मन्त्री गुरुङले भने, ‘यो मुलुकमा गणतन्त्र गोलीद्वारा होइन, बोलीद्वारा आएको हो। बुलेटद्वारा होइन, ब्यालेटबाटै आएको हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?