रुसले किभमा गर्‍यो भीषण आक्रमण, चारको मृत्यु, २७ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
४२ पटक हेरिएको
Shares
रुसले किभमा गर्‍यो भीषण आक्रमण, चारको मृत्यु, २७ घाइते

सारांश

  • युक्रेनको राजधानी किभमा रुसले गरेको भीषण आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
  • अन्य २७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
  • अधिकारीहरूका अनुसार, रातभर जापोरिझ्झियासहित धेरै क्षेत्रमा ड्रोन आक्रमण हुँदा तीन बालबालिकासहित कम्तीमा १६ जना घाइते भएका छन् ।

काठमाडौं ।युक्रेनको राजधानी किभमा रुसले गरेको भीषण आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार, रातभर जापोरिझ्झियासहित धेरै क्षेत्रमा ड्रोन आक्रमण हुँदा तीन बालबालिकासहित कम्तीमा १६ जना घाइते भएका छन् । युक्रेनका विदेशमन्त्रीले पछिल्ला आक्रमणमा सयौँ ड्रोन र क्षेप्यास्त्र प्रयोग भएको बताएका छन् । रुसले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको युद्ध केवल युक्रेनमै सीमित नहुने चेतावनी दिएका थिए । उनका अनुसार, रुसले हालै नेटो सैन्य गठबन्धनका विभिन्न देशहरूमा गरेको घुसपैठमार्फत युरोपेली वायु रक्षा प्रणालीको परीक्षण गरिरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भइरहेका युद्ध अन्त्य गर्ने प्रयासहरूलाई अस्वीकार गर्दै आएका छन् । जेलेन्स्कीले भने, “पुटिनले युक्रेनमा आफ्नो युद्ध अन्त्य गर्ने छैनन् । उनी अर्को कुनै मोर्चा खोल्ने छन् । तर, कहाँ भन्ने कसैलाई थाहा छैन । यही उनको चाहना हो ।” उनले यो भनाइ पछिल्लो रुसी आक्रमण सुरु हुनुभन्दा केही घण्टाअघि राखेका थिए । क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी छ । पोल्यान्डमा पनि सुरक्षा सतर्कता छिमेकी पोल्यान्डमा रुसले पश्चिमी युक्रेनमा आक्रमण गर्दा आइतबार बिहानै जेट विमानहरू उडाइएको पोल्यान्डको सशस्त्र बलले जनाएको छ । पोल्यान्डको सेनाले यी कारबाहीलाई सुरक्षात्मक उपायको रूपमा व्याख्या गरेको छ । सेप्टेम्बर १० मा पोल्यान्डको आकाशमा पोल्यान्ड र नेटोका विमानहरूले तीनवटा रुसी ड्रोन खसालेपछि यस्ता कारबाहीहरू नियमितजस्तै भएका छन् । यसैहप्ता डेनमार्कले आफ्ना विमानस्थल नजिक ड्रोन उडेको बताएपछि मस्कोले त्यसको जिम्मेवारी अस्वीकार गरेको थियो । डेनमार्कले ती घटनालाई कुनै पेशेवर समूहको काम भनेको छ । तर, त्यसको पहिचान खुलाइएको छैन ।

इस्टोनियाले पनि रुसमाथि आफ्नो हवाई क्षेत्र युद्धक विमानद्वारा उल्लंघन गरेको आरोप लगाएको छ । यी घुसपैठपछि नेटोले आफ्नो पूर्वी भागलाई बलियो बनाउन विशेष मिसन सुरु गरेको छ । यसैबीच, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई आफ्नो आकाशमा प्रवेश गर्ने रुसी विमानहरूलाई खसाल्नुपर्ने सुझाव दिएका छन् । उनले रुस–युक्रेन युद्धबारे आफ्नो अडान परिवर्तन गर्दै गत हप्तामात्र पहिलो पटक युक्रेनले मस्कोबाट आफ्नो सम्पूर्ण भूभाग पुनः फिर्ता लिन सक्ने धारणा व्यक्त गरेका थिए । यसअघि, रुसका विदेशमन्त्री सर्गेई लाभारोभले शनिबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै आफ्नो देशले ईयू वा नेटो सदस्य राष्ट्रमाथि आक्रमण गर्ने कुनै योजना नराखेको बताएका थिए । तर, उनले मस्कोतर्फ लक्षित कुनै पनि आक्रमण भए निर्णायक जवाफ दिने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
एनपीएलः लुम्बिनी, सुदूरपश्चिम र जनकपुर, पोखरा भिड्दै
मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, तीन घाइते
मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, तीन घाइते
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
जल यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन पानीजहाज विधेयक आवश्यकः मन्त्री दाहाल
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
त्रिविका उपकुलपतिको राजीनामा स्वीकृत
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
बाल मन्दिर प्रकरण : विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु
गृहमन्त्री गुरुङले भने : जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि