सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

रुसले किभमा गर्‍यो भीषण आक्रमण, चारको मृत्यु, २७ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
६२ पटक हेरिएको
Shares
रुसले किभमा गर्‍यो भीषण आक्रमण, चारको मृत्यु, २७ घाइते

सारांश

  • युक्रेनको राजधानी किभमा रुसले गरेको भीषण आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
  • अन्य २७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
  • अधिकारीहरूका अनुसार, रातभर जापोरिझ्झियासहित धेरै क्षेत्रमा ड्रोन आक्रमण हुँदा तीन बालबालिकासहित कम्तीमा १६ जना घाइते भएका छन् ।

काठमाडौं ।युक्रेनको राजधानी किभमा रुसले गरेको भीषण आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार, रातभर जापोरिझ्झियासहित धेरै क्षेत्रमा ड्रोन आक्रमण हुँदा तीन बालबालिकासहित कम्तीमा १६ जना घाइते भएका छन् । युक्रेनका विदेशमन्त्रीले पछिल्ला आक्रमणमा सयौँ ड्रोन र क्षेप्यास्त्र प्रयोग भएको बताएका छन् । रुसले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको युद्ध केवल युक्रेनमै सीमित नहुने चेतावनी दिएका थिए । उनका अनुसार, रुसले हालै नेटो सैन्य गठबन्धनका विभिन्न देशहरूमा गरेको घुसपैठमार्फत युरोपेली वायु रक्षा प्रणालीको परीक्षण गरिरहेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भइरहेका युद्ध अन्त्य गर्ने प्रयासहरूलाई अस्वीकार गर्दै आएका छन् । जेलेन्स्कीले भने, “पुटिनले युक्रेनमा आफ्नो युद्ध अन्त्य गर्ने छैनन् । उनी अर्को कुनै मोर्चा खोल्ने छन् । तर, कहाँ भन्ने कसैलाई थाहा छैन । यही उनको चाहना हो ।” उनले यो भनाइ पछिल्लो रुसी आक्रमण सुरु हुनुभन्दा केही घण्टाअघि राखेका थिए । क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी छ । पोल्यान्डमा पनि सुरक्षा सतर्कता छिमेकी पोल्यान्डमा रुसले पश्चिमी युक्रेनमा आक्रमण गर्दा आइतबार बिहानै जेट विमानहरू उडाइएको पोल्यान्डको सशस्त्र बलले जनाएको छ । पोल्यान्डको सेनाले यी कारबाहीलाई सुरक्षात्मक उपायको रूपमा व्याख्या गरेको छ । सेप्टेम्बर १० मा पोल्यान्डको आकाशमा पोल्यान्ड र नेटोका विमानहरूले तीनवटा रुसी ड्रोन खसालेपछि यस्ता कारबाहीहरू नियमितजस्तै भएका छन् । यसैहप्ता डेनमार्कले आफ्ना विमानस्थल नजिक ड्रोन उडेको बताएपछि मस्कोले त्यसको जिम्मेवारी अस्वीकार गरेको थियो । डेनमार्कले ती घटनालाई कुनै पेशेवर समूहको काम भनेको छ । तर, त्यसको पहिचान खुलाइएको छैन ।

इस्टोनियाले पनि रुसमाथि आफ्नो हवाई क्षेत्र युद्धक विमानद्वारा उल्लंघन गरेको आरोप लगाएको छ । यी घुसपैठपछि नेटोले आफ्नो पूर्वी भागलाई बलियो बनाउन विशेष मिसन सुरु गरेको छ । यसैबीच, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई आफ्नो आकाशमा प्रवेश गर्ने रुसी विमानहरूलाई खसाल्नुपर्ने सुझाव दिएका छन् । उनले रुस–युक्रेन युद्धबारे आफ्नो अडान परिवर्तन गर्दै गत हप्तामात्र पहिलो पटक युक्रेनले मस्कोबाट आफ्नो सम्पूर्ण भूभाग पुनः फिर्ता लिन सक्ने धारणा व्यक्त गरेका थिए । यसअघि, रुसका विदेशमन्त्री सर्गेई लाभारोभले शनिबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै आफ्नो देशले ईयू वा नेटो सदस्य राष्ट्रमाथि आक्रमण गर्ने कुनै योजना नराखेको बताएका थिए । तर, उनले मस्कोतर्फ लक्षित कुनै पनि आक्रमण भए निर्णायक जवाफ दिने चेतावनी दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस संसदीय दलको बैठक आज पनि
कांग्रेस संसदीय दलको बैठक आज पनि
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन: प्रधानमन्त्री कार्की
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएको मोटरसाइकल चालकको मृत्यु, झाँक्री पक्राउ
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम सुरु भैसक्यो : प्रधानमन्त्री
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 
नेपाल–बेलायत सांसदहरुबीच मैत्रीपूर्ण क्रिकेट खेल हुने 
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
पालमा बस्दै आएकी भूकम्प पीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी
हनुमानढोका दरबार सङ्ग्रहालय पुनर्संरचना गर्दै सञ्चालनमा ल्याउने तयारी