महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
१६ पटक हेरिएको
Shares
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

सारांश

  • बुद्धजयन्तीको अवसरमा आज महान्यायाधिवक्ता बडालले उक्त भवनको शिलन्यास गर्दै सरकारी वकील कार्यालयको भवन निर्माण  प्रारम्भ गर्नु महत्वपूर्ण उपलब्ध भएको बताउनुभयो ।
  • “पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ”, उहाँले भन्नुभयो, “कार्यालयको भवन निर्माणको समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न जरुरी छ ।
  • ” उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कार्यबोझ समेतको आधारमा आत्यवश्यक रहेको नयाँ भवन निर्माणले त्यस कार्यालयबाट सम्पादन हुने कार्यमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

 

महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास गर्नुभएको छ । बुद्धजयन्तीको अवसरमा आज महान्यायाधिवक्ता बडालले उक्त भवनको शिलन्यास गर्दै सरकारी वकील कार्यालयको भवन निर्माण  प्रारम्भ गर्नु महत्वपूर्ण उपलब्ध भएको बताउनुभयो । “पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ”, उहाँले भन्नुभयो, “कार्यालयको भवन निर्माणको समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न जरुरी छ ।”

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कार्यबोझ समेतको आधारमा आत्यवश्यक रहेको नयाँ भवन निर्माणले त्यस कार्यालयबाट सम्पादन हुने कार्यमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीले कार्यालयको भवन शिलान्यासको चरणसम्म पु¥याउन, जग्गा प्राप्ति, भवनको डिजाइन, डिपिआर तथा स्रोतको सुनिश्चितता गर्न सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण सरोकारवाला निकाय, पदाधिकारी तथा महान्यायाधिवक्ताको कार्यालयलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

करिब रु २६ करोडको लागतमा निर्माण प्रारम्भ गरिएकोमा उच्च सरकारी कार्यालय, पाटनको आधुनिक शैलीको साततले भवन निर्माण हुनेछ । कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश तथा रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्ष समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ