नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
५० पटक हेरिएको
Shares
नेताहरूको मानसिकताले संघीयतामाथि प्रश्न उठ्यो: सञ्चारमन्त्री गुरुङ

सारांश

  •   सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले नेताहरूको मानसिकताका कारण संघीयतामाथि प्रश्न उठेको बताएका छन्।
  • बिहीबार ललतिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राजनीतिक दलहरुले शीर्ष नेताहरुलाई प्रदेशमा पठाउन नसेकको कारण प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न नसकेको बताएका हुन्।
  • ‘तपाइँहरूले भन्नुहुन्छ नि- नेताहरूको संघीयता विरोधी मानसिकता भनेर अलिकति त्यस्तो पनि हो।

२८ चैत, हेटौंडा । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले नेताहरूको मानसिकताका कारण संघीयतामाथि प्रश्न उठेको बताएका छन्। बिहीबार ललतिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले राजनीतिक दलहरुले शीर्ष नेताहरुलाई प्रदेशमा पठाउन नसेकको कारण प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न नसकेको बताएका हुन्।

‘तपाइँहरूले भन्नुहुन्छ नि- नेताहरूको संघीयता विरोधी मानसिकता भनेर अलिकति त्यस्तो पनि हो। अहिले म सरकार प्रवक्ता भएको हिसाबले प्रदेशका समस्याहरू धेरै बल्झिए, संघीयतामाथि प्रश्न उठ्न थाले, प्रदेश सरकारमाथि प्रश्न उठ्न थाल्यो भनेर हामी अन्तर प्रदेश परिषद्लाई व्यवस्थित गर्नुपर्छ भन्ने सोचमा छु,’ उनले भने, ‘यसमा तपाइँहरूले पनि साथ दिनुपर्छ। राष्ट्रिय समन्वय परिषद् भनेको कानुनी प्रबन्ध मात्रै हो संवैधानिक प्रबन्ध होइन। अन्तरप्रदेश परिषद्लाई ओझेलमा पार्नको लागि, जिल्ला समन्वय समिति, नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघले भन्न सकोस् भनेर कानुनी प्रबन्ध गरिएको हो। यसलाई पनि नकारात्मक हिसावले हेर्नु हुँदैन।’

संघीयता सफल बनाउन कार्यान्वयन गर्नका लागि तीनवटै तहका सरकारबीच सुमधुर सम्बन्ध हुने गरी कानुन बनाउन जरुरी रहेको उनको भनाइ छ। हाम्रो मुलुकमा वित्तिय संघीयता कमजोर भएको कारण अन्तरसरकारी वित्त ऐन पनि छ।’  मुलुकमा रहेको विकासको असमानतालाई हटाउन तल्लो तहलाई वित्तीय अधिकार प्रदान गर्नु आजको आवश्यकता रहेको उनो भनाइ छ। सञ्चारमन्त्री गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीसमेत हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीश बम ह*त्याका फरार प्रतिवादी थापा पक्राउ
न्यायाधीश बम ह*त्याका फरार प्रतिवादी थापा पक्राउ
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
रसुवा बाढी : सशस्त्र प्रहरीका कर्मचारीलाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिँदै
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूराः आयोग
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
१० वडाबाट दैनिक ३.१९ मेट्रिक टन सुक्खा फोहर ल्याण्डफिल जानबाट रोकियो
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव
गुठीको जग्गामा स्थायी संरचना बनाउँदै प्रदेश सांसद यादव
विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै
विराटनगरलाई हराएपछि काठमान्डुको प्लेअफ सम्भावना कायमै
१ लाख १० हजारका कारण सर्लाहीका  एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...