प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
७२ पटक हेरिएको
Shares
प्रतिनिधिसभा विशेष समय ः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सारांश

  • प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले सप्तरीको राजविराजस्थित रङ्गशालाको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न सरकारसमक्ष माग गर्नुभयो ।
  • उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्न ७० जिल्ला अगाडि रहेको भन्दै राजविराजभित्रै एक क्रिकेट अनुसन्धान केन्द्र स्थापना गर्न सरकारसमक्ष माग गर्नुभयो ।
  • जनमत पार्टीका सांसद अबदुल खानले बर्दिया जिल्लामा मानव र वन्यजन्तुवीचको द्वन्द्वले प्रत्येक महिना मानिसको मृत्यु र घाइते भएकाले यस विषयमा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

 २४ वैशाखः काठमाडौँ, 

सांसदहरुले खेलकुद क्षेत्रको विकास, कृषि उत्पादन प्रवद्र्धन तथा दक्षिण एसियाली मुलुकमा विकसित भइरहेको तनावलगायत मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै जनता समाजवादी पार्टीका सांसद रञ्जुकुमारी झाले सप्तरीको राजविराजस्थित रङ्गशालाको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्न सरकारसमक्ष माग गर्नुभयो ।

उहाँले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गर्न ७० जिल्ला अगाडि रहेको भन्दै राजविराजभित्रै एक क्रिकेट अनुसन्धान केन्द्र स्थापना गर्न सरकारसमक्ष माग गर्नुभयो । जनमत पार्टीका सांसद अबदुल खानले बर्दिया जिल्लामा मानव र वन्यजन्तुवीचको द्वन्द्वले प्रत्येक महिना मानिसको मृत्यु र घाइते भएकाले यस विषयमा सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालभरिमा नै कृष्णसार क्षेत्र बर्दियामा मात्रै भएकाले यसको संरक्षणमा सरकार लाग्नुपर्ने जनाउँदै बर्दिया जनताको लागि भेन्टिलेटर सहितको अस्पताल, यातायातको व्यवस्था, कृषकको समस्यालगायतको व्यवस्थापनको लागि आवश्यक बजेट छुट्याउनुपर्ने माग गर्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेखा यादवले कृषि प्रधान मुलुक नेपालमा कृषि उत्पादन प्रवद्र्धन र विषादीरहित उत्पादनको सुनिश्चितताका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले आयातित कृषिउपजको गुणस्तर परीक्षणको व्यवस्था गर्न पनि माग गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लाले नेपाल सुरुदेखि नै असंलग्न परराष्ट्र नीतिको अवलम्बन गर्दै आएको र बदलिँदो परिस्थितिमा आतङ्कवादको विरुद्ध सहकार्यको नीति अवलम्बन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले आतङ्कवाद विरुद्धको सहकार्यको नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै धेरै
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
सरकारलाई प्रभु साहको प्रश्न : के को आधारमा नागरिकले कर तिर्ने ?
इजरायली आक्रमणमा लेबनानमा १० जनाको मृत्यु
इजरायली आक्रमणमा लेबनानमा १० जनाको मृत्यु
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
रविको पक्राउविरुद्ध रास्वापाले गरायो मानवअधिकार आयोगको ध्यानाकर्षण
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
भुटानी शरणार्थी नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
संसद् हल छिटो तयार गर्न सभामुखको निर्देशन, दैनिक १ करोड जरिवाना तिराउने चेतावनी
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ
बैंकिङ कसुरमा २ करोड ५० लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ