जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
३४ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

सारांश

  •   काठमाडौंको मिलनचोकबाट ​जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।
  • काभ्रेको चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुतसहित ९ जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
  • प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका- ३१ मिलनचोकबाट पक्राउ गरेको हो ।

२० असार, काठमाडौं । 

काठमाडौंको मिलनचोकबाट ​जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काभ्रेको चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवातास खेलिरहेको अवस्थामा अचुतसहित ९ जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका- ३१ मिलनचोकबाट पक्राउ गरेको हो । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ४ सय ३० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ