Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात

सारांश

  • गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
  • हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
  • चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उहाँले बताउनुभयो ।

 

गोरखा २८ चैत :

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उहाँले बताउनुभयो ।

“गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ”, उहाँले भन्नुभयो । साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ । हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन् । स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन भएको छ । हिमपातसँगै पर्यटक होटलमा आश्रय लिएर बसेको अध्यक्ष लामाले बताउनुभयो । लार्केपास पदमार्ग पूरै हिउँले ढाकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेस
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतबाट अवैध रूपमा आयात हुने सेतो अण्डा सशस्त्र प्रहरीद्वारा नष्ट
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृ*त्यु
एनपीएल खेल्न काठमाडौँ आइपुगे फाफ डु प्लेसिस
एनपीएल खेल्न काठमाडौँ आइपुगे फाफ डु प्लेसिस
खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
खानेपानी कार्यालयका तत्कालीन प्रमुख यादवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा
सर्लाहीमा अनुदानको मल कालोबजारी गर्ने तीन जना पक्राउ
सर्लाहीमा अनुदानको मल कालोबजारी गर्ने तीन जना पक्राउ
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल