नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्: राष्ट्रपति पौडेल

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्।
  • नेपाल कला परिषद्ले आयोजना गरेकाे नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्ने बताए।
  • राष्ट्रपति पौडेलले भने, “लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ।

२० भदौ, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल कला परिषद्ले आयोजना गरेकाे नेपाल कला तथा संस्कृति महोत्सव २०८२ अन्तर्गत चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्ने बताए।

राष्ट्रपति पौडेलले भने, “लोकतान्त्रिक शासन प्रणालीमा नै सबै क्षेत्र, वर्ग र पेसाको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुन्छ। लोकतन्त्रको सुन्दर पक्ष नै यही हो। त्यसैले प्राप्त अवसरको उपयोग गरी हाम्रा भाषा, कला र संस्कृतिको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्छ।” उनले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवं गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौं पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणका लागि सम्पदाप्रेमीहरू सधैं चनाखो हुनुपर्ने बताए। राष्ट्रपति पौडेलले नेपाली कला, संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी, विदेशी पर्यटक र व्यवसायीको ध्यान आकर्षित गर्न स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्न सके पर्यटकको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने धारणा राखे।

उनले नेपालका कलाकृति तथा सांस्कृतिक सम्पदाको ख्याति विश्वभरि नै रहेको उल्लेख गर्दै नेपाली सभ्यताको परिसूचकका रूपमा रहेका कला र संस्कृतिले विश्वमा विशिष्ट स्थान ओगट्न सफल हुनु गौरवको विषय भएको बताए। नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ थियो। उनले भने, “सदियौं पुराना कला, संस्कृति तथा सम्पदाहरूको संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने दायित्व सरकार, निजी संस्थासहित हामी सबैको हो। यस परिवेशमा नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा आयोजित यो महोत्सव उद्घाटन गर्न पाउँदा म हर्षित छु।” राष्ट्रपति पौडेलले सबैको सहकार्यले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशिला तयार हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्वाटेमाला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
ग्वाटेमाला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
एनसेल खरिद-बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
एनसेल खरिद-बिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एकजना पक्राउ
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सात महिनामा चौरानब्बे अर्ब ५२ करोड राजस्व सङ्कलन
सात महिनामा चौरानब्बे अर्ब ५२ करोड राजस्व सङ्कलन
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
गणतन्त्रको रक्षाका निम्ति जस्तोसुकै मूल्य चुकाउन तयार छौँ : प्रधानमन्त्री
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल