तीर्थराज भट्टराईले भिजिट भिसामा २५७ जनालाई सेटिङमा पठाउँदा लिए ७९ लाख ८० हजार घुस

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २५, २०८२
|
|
१०२ पटक हेरिएको
Shares
तीर्थराज भट्टराईले भिजिट भिसामा २५७ जनालाई सेटिङमा पठाउँदा लिए ७९ लाख ८० हजार घुस

सारांश

  •   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले २५७ जनालाई भिजिट भिसाको सेटिङमा पठाएको निश्कर्षमा अख्तियार पुगेको छ।
  • उनीहरूबाट ७९ लाख ८० हजार रपैयाँ घुस लिएको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
  •   भट्टराईले घुस लिएको प्रमाण समेत फेला परेको अख्तियारले दाबी गरेको छ।

 

२५ मंसिर, काठमाडौं । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले २५७ जनालाई भिजिट भिसाको सेटिङमा पठाएको निश्कर्षमा अख्तियार पुगेको छ। उनीहरूबाट ७९ लाख ८० हजार रपैयाँ घुस लिएको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।  भट्टराईले घुस लिएको प्रमाण समेत फेला परेको अख्तियारले दाबी गरेको छ। यसमा संलग्न ट्राभल्स सञ्चालक र बिचौलियासहित सात जनालाई प्रतिवादी बनाइएको छ।

अन्य प्रतिवादीहरूमा विमानस्थल अध्यागमनका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेज प्रालि र उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्का, फेमली होलिडेज ट्राभल्स एन्ड टुर्स प्रालि र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन होलिडेज प्रालिका तत्कालीन संस्थापक शेयर सदस्य एवं सञ्चालक राम खड्का, कविता पौडेल र खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ। सुवेदी र पौडेललाई पनि समान ७९ लाख ८० हजार रुपैयाँ नै बिगो कायम गरिएको छ। राम खड्कालाई ३० लाख २० हजार, दिपक भण्डारीलाई १० लाख ६० हजार, बालकृष्ण खड्कालाई ३० लाख २० हजार र यज्ञराज अर्याललाई आठ लाख रुपैयाँ बिगो कायम गरिएको छ।  भट्टराईसमेतले बदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा बिदेश पठाउँदा घुस लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो।

भट्टराई २०८१ असोज २३ गतेदेखि २०८२ जेठ ७ गतेसम्म प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत थिए। त्यहीवेला उनले भिजिट तथा पर्यटन भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातहरू सम्बन्धी जारी भएको निर्देशनको प्रक्रिया अनुशरण प्रस्थान गरेका यात्रुका कागजात अध्यागमन प्रणालीमा अपलोड गरी अभिलेखीकरण गर्नु पर्नेमा सो समेत नगरी दुःख दिने र घुस लिने गरेको आरोप पत्रमा उल्लेख छ।  उनले बालकृष्ण खड्का तथा दिपक भण्डारी समेतसँग नियमित सम्पर्क भेटघाट गर्ने, निजहरूबाट उपहार लिने, मोबाइल लगायतका सामानहरू खरिद गराउने गरेको अख्तियारको आरोप छ। भट्टराईले पार्सलका नाममा बालकृष्ण खड्का समेतको भेनोलिभा रेस्टुरेन्टमा गई घुस रिसवत वापतको रकम नै लिएको, बालकृष्ण खड्का तथा दिपक भण्डारीले विभिन्न माध्यमबाट टिपाएका विदेश जाने यात्रुको नाम आफ्नो डायरीमा पटक–पटक टिपोट गरी सो बापत प्राप्त घुस रकमको हिसाबकिताब राख्ने गरेको, भिजिट भिसामा विदेश प्रस्थान गरेका यात्रुको बारेमा बालकृष्ण खड्कालाई जानकारी समेत दिने गरेको फेला परेको छ।

आफ्नो कार्यालयको प्रशासन शाखामा काम गर्ने अध्यागमन अधिकृत यज्ञराज अर्याललाई आफ्नो घरमा बोलाई घुस वापतको आठ लाख रुपैयाँ दिएको पनि फेला परेको छ। कविता पौडेलको नाममा रहेको मोबाइल सिम प्रयोग गरी सेटिङ गर्ने गरेको खुलेको छ।  भिजिट भिसामा विदेश जाने यात्रुको पासपोर्टका फोटा आफूले प्रयोग गर्ने ल्यापटपमा राखेको तथा भिजिट भिसामा विदेश जाने केही महिलाको मात्र एकमुष्ट सूचीलाई नबुझिने गरी ब्लर गरी मोबाइलमा फोटो खिची राखेको समेत भेटिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : डा. शेष घले
एकता महाधिवेशन संस्था सुधार गर्ने अवसर हो : डा. शेष घले
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
गगन, विश्वप्रकाश र पूर्णबहादुरबीच भेटवार्ता
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
गणेश यादवको अन्त्येष्टि आज गरिँदै
गणेश यादवको अन्त्येष्टि आज गरिँदै
पेट्रोलियम पदार्थको मूल्य यथावत : निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा
पेट्रोलियम पदार्थको मूल्य यथावत : निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
पीएन क्याम्पस पोखरामा मतपत्रमा त्रुटि भेटिएपछि रोकिएको मतदान भोलि हुने
आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु
आजको मौसम : तराई भू–भागका अधिकांश स्थानमा हुस्सु