भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति

सारांश

  •   प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारु गर्न तीन ठूला दलहरूबीच सहमति भएको छ ।
  • सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच जेठ २० गतेबाट दिनानुदिन अवरुद्ध हुँदै आएको बैठक सुचारू गर्न दुई बुँदे सहमति भएको हो ।
  • उक्त सहमति पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

३० जेठ, काठमाडौं । 

प्रतिनिधि सभामा कायम रहेको अवरोध अन्त्य गरी बैठक सुचारु गर्न तीन ठूला दलहरूबीच सहमति भएको छ । सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबीच जेठ २० गतेबाट दिनानुदिन अवरुद्ध हुँदै आएको बैठक सुचारू गर्न दुई बुँदे सहमति भएको हो । उक्त सहमति पत्रमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

यस्तो छ सहमति

१. भिजिट भिसा र अध्यागमनसंग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुर्‍याउने नै छ। उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ। २. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवम् छानबिन गरी नीतिगत, कानूनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ
विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप
विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु
धनकुटाको पाख्रीबासमा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु
पर्वतमा ‘ब्रेक फेल’ भएर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
पर्वतमा ‘ब्रेक फेल’ भएर जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
मोटरसाइकलको तीव्र गतिले लियो बाबुछोराको ज्यान
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
प्रहरी परिसर काठमाडौंको गेटबाट फरार थुनुवा असनबाट पक्राउ
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)