२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
२७ पटक हेरिएको
Shares
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

सारांश

  • ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ।
  •   वि.
  • सं.

२ माघ,  काठमाडौं । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ।  वि.सं. १९९० माघ २ गतेका दिउँसो २:२४ बजे गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ मा भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भूकम्पबाट सुरक्षित रहन सुदृढ पूर्व तयारी गर्नुपर्ने र घर संरचना बलियो बनाउनुपर्ने भूकम्पको मुख्य पाठ रहेको बताए।

यस दिवसमा भूकम्पको सम्भावित जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि गराउने, विगतमा भएका प्रयासका मूल्याङ्कन गर्दै कमीकमजोरीलाई सुधार गर्ने लक्ष्यका साथ आइरहेको उनको भनाइ छ। १९९० को भूकम्पमा परी नेपालमा आठ हजार पाँच सय १९ जना र भारतको बिहारमा सात हजारभन्दा बढी गरी करिब १६ हजार जनाको मृत्यु भएको थियो। उक्त भूकम्पले ८० हजार घरसहित दुई लाख सात हजारभन्दा बढी संरचना भत्किएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ
काठमाडौँबाट १५ करोडको कोकिन बरामद, ४ जना विदेशी पक्राउ
नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव
नवलपरासी घटनामा दुवै पक्षबीच भयो सहमति, परिवारले बुझ्यो शव
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री
देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार
तनहुँ कारागारबाट भागेका १४० कैदीबन्दी अझै फरार
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति
संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति