काठमाडौँ भ्यु टावरको ‘निर्माण साझेदार’ नरेश चेङवाङ पक्राउ
सारांश
- पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवालका साझेदारलाई प्रहरीले पक्राउ गरेको छ ।
- व्यापारिक साझेदार नरेश कुमार चेङवाङ काठमाडौँको न्युरोडबाट पक्राउ परेका हुन् ।
- ह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर–४ घर भएर न्युरोड बस्ने चेङवाङलाई न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
३० असार, काठमाडौं ।
पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यु टावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवालका साझेदारलाई प्रहरीले पक्राउ गरेको छ । व्यापारिक साझेदार नरेश कुमार चेङवाङ काठमाडौँको न्युरोडबाट पक्राउ परेका हुन् । ह्रथुमको फेदाप गाउँपालिका वडा नम्बर–४ घर भएर न्युरोड बस्ने चेङवाङलाई न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ४७ वर्षीय चेङवाङविरुद्ध असार ६ मा काठमाडौँ जिल्ला अदालतले ४ करोडको बैङ्किङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?




प्रतिक्रिया