५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
२१ पटक हेरिएको
Shares
५० रन नपुग्दै कर्णालीले ओपनरसहित गुमायो ३ विकेट

सारांश

  • सात ओभरमा खेल आइपुग्दा कर्णालीले दुवै ओपनर जयकिशन कोलसेवाला र देव खनाललाई गुमाएको हो ।
  • त्यसैगरी तेस्रो क्रमका जीसन मक्सूदलाई पनि कर्णालीले गुमाएको छ ।
  • उनले ११ बलमा १२ रन बनाएको अवस्थामा विकेट किपरबाट क्याच आउट हुन पुगेका छन् ।

४ पुस,काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुरविरुद्ध कर्णाली याक्सले दुवै ओपनर गुमाएको छ ।सात ओभरमा खेल आइपुग्दा कर्णालीले दुवै ओपनर जयकिशन कोलसेवाला र देव खनाललाई गुमाएको हो । त्यसैगरी तेस्रो क्रमका जीसन मक्सूदलाई पनि कर्णालीले गुमाएको छ ।

उनले ११ बलमा १२ रन बनाएको अवस्थामा विकेट किपरबाट क्याच आउट हुन पुगेका छन् । यसअघि देव खनालले २० बल सामना गर्दा ३ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे । उनलाई ब्याटिङबाट जनकपुरका जेम्स नीशमले आकाश त्रिपाठीमार्फत क्याच आउट गराउँदै बिदा गराएका हुन् ।

कर्णालीले पहिलो विकेटकारुपमा ओपनर जयकिशन कोलसेवालालाई गुमाएको हो । उनी ४ बल सामाना गरेर १ रनमै आउट भएका हुन् । ललित राजवंशीको बलमा कोलसेवाला हर्श ठाकारमार्फत क्याच आउट भएका हुन् । खेल ७ ओभरमा पुग्दा कर्णाली ३ विकेट गुमाएर ५१ रनको अवस्थामा छ । कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढ लाख क्याप्सुल लागूऔषध बरामद
सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढ लाख क्याप्सुल लागूऔषध बरामद
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ
गोली चलाएर  प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ
गोली चलाएर प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ
लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा
लुम्बिनीका ६ जिल्लामा आज सार्वजनिक बिदा
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव