विपदमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २८, २०८१
|
|
३२ पटक हेरिएको
Shares
विपदमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन

सारांश

  • विपदमा उद्दार र राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ ।
  • आज (सोमबार) बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।
  • विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका –५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो ।

२८ असोज,काठमाडौं ।विपदमा उद्दार र राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । आज (सोमबार) बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका –५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो । सोही आधारमा साउन ३ गतेदेखि कमाण्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए ।पछिल्लो समय असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमाण्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो ।

सो आधारबाट काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङ लगायतका स्थानमा परिचालित थियो ।सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो । बर्दियाका बडुवालले २०६० सालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए । उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
सडक निर्माणमा भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
२७ औँ भूकम्प सुरक्षा दिवस मनाइँदै
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
पहिलो महिला महान्यायाधिवक्ता नियुक्त भइन् सविता भण्डारी बराल
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
युके पठाइदिन्छु भन्दै ३२ लाख ५७ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ
सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा
सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु
इटहरीमा गोली लागेर २ जनाको मृ*त्यु