बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २३, २०८१
|
|
२१ पटक हेरिएको
Shares
बाढीपहिरोबाट २५ जिल्ला प्रभावित, १३ जनाको मृत्यु

सारांश

  • अविरल वर्षाका कारण बितेको २४ घण्टामा बाढीले बगाएर चार जनाको मृत्यु भएको छ ।
  • त्यस्तै विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार बागलुङको गलकोट नगरपालिका–३ बोहोरा फाँट बस्ने ५४ वर्षीय धनबहादुर बोहोरा मृत अवस्थामा फेला परेका छन् ।

 

२३ असार, काठमाडौं । अविरल वर्षाका कारण बितेको २४ घण्टामा बाढीले बगाएर चार जनाको मृत्यु भएको छ ।

त्यस्तै विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बागलुङको गलकोट नगरपालिका–३ बोहोरा फाँट बस्ने ५४ वर्षीय धनबहादुर बोहोरा मृत अवस्थामा फेला परेका छन् । उनी छहरे खोलामा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पाल्पाको तानसेन नगरपालिका–५ चिसापानी बस्ने ४२ वर्षीय शेरबहादुर विक खोलाको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् । पूर्वको सुनसरीको इटहरी उपमहानगरपालिका–१३ बस्ने ५८ वर्षीय चन्द्र कुमार चौधरी सोही ठाउँ स्थित आफ्नै खेतमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनसरीकै बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिर स्थित कोशी नदीको भङ्गालोमा अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । झापाको बिर्तामोड नगरपालिका–१० इलामेली टोल बस्ने ३५ वर्षीय सुनिल मुर्मु शनिबार मृत अवस्थामा फेला परेका छन् ।

डोटीको दिपायल सिलगढी नगरपालिका–७ पाकरी बस्ने ४८ वर्षीया चन्द्रा बिष्ट खोलासैन सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।  तनहुँको व्यास नगरपालिका–१३ बेलबास छाब्दी दोभानस्थित सेती खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ​ स्याङ्जाको वालिङ नगरपालिका–१० गाहाखोलास्थित आँधिखोला किनारमा नाम, थर, वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।  प्रहरी मुख्यालयका अनुसार ललितपुरको महानगरपालिका–११ इखाचेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैबीच पाल्पाको माथागढि गाउँपालिका–६ माईलाचौर स्थित रहवास खोलाले बगाएर सोही ठाउँ बस्ने ६० वर्षीया रिमा सराहा राना मगरको मृत्यु भएको छ ।  काभ्रेको रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोलाले बगाएर सोही ठाउँ बस्ने ६५ वर्षीया जालमाया रुजाल मगर र उनकै भदैनी ५ वर्षीया सेतीमाया रुजाल मगरको पनि शनिबार बेलुकी मृत्यु भएको छ । यसैगरी उदयपुर, रौतामाई गाउँपालिका–५ आँपटार बस्ने नरेन्द्र राईको छोरा ५ वर्षीय राज राईको सोही ठाउँ स्थित अमृत खोलाले बगाएर शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।  प्रहरी मुख्यालयका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार शनिबार साँझसम्म ६ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्ता भएका थिए । बाढीपहिरोबाट २५ जिल्ला प्रभावित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपमा क्यानडाको ऐतिहासिक जित
विश्वकपमा क्यानडाको ऐतिहासिक जित
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सामूहिक प्रतिबद्धता आवश्यक : बालेन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता
आन्दोलनको आगोबाट उदाएको नेतृत्व : सुशीला कार्कीको परीक्षा र सफलता
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत  हेर्न पाउने
एसईई नतिजा चित्त नबुझे विद्यार्थीले पुनर्योगसँगै उत्तरपुस्तिकासमेत हेर्न पाउने
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा  तीनजना पक्राउ
डान्सबारमा आएका ग्राहकलाई लुटपाट गरेको आरोपमा तीनजना पक्राउ
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
आगो निभाउने क्रममा ज*लेर वृद्धको मृ*त्यु
आगो निभाउने क्रममा ज*लेर वृद्धको मृ*त्यु
उच्च अंकले बढ्यो सेयर बजार
उच्च अंकले बढ्यो सेयर बजार
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली
स्वास्थ्य मन्त्री निशा मेहताले गरिन् पदबहाली