दुई पत्रकारलाई संसद् प्रवेशमा रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन २१, २०८१
|
|
४५ पटक हेरिएको
Shares
दुई पत्रकारलाई संसद् प्रवेशमा रोक

सारांश

  • संघीय संसद् सचिवालयका महासचिवस्तरको निर्णयबाट पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको प्रवेश पास निलम्बन गरिएको हो।
  • प्रकाश सुनौलो नेपाल र किशोरकुमार युवामन नामक युट्युब च्यानलमा कार्यरत छन्।
  • संसद् प्रवेश गर्दा पालना गनुपर्ने पत्रकार आचारसंहिता छन्,’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘आचारसंहिता पालना नगरेको कारणले उहाँहरूलाई एक महिनाको लागि प्रवेश रोक लगाइएको हो।

२१ फागुन, संघीय संसद् सचिवालयले दुईजना पत्रकारलाई संसद् प्रवेशमा रोक लगाइएको छ। संघीय संसद् सचिवालयका महासचिवस्तरको निर्णयबाट पत्रकारद्वय प्रकाश वली र किशोरकुमार श्रेष्ठको प्रवेश पास निलम्बन गरिएको हो। प्रकाश सुनौलो नेपाल र किशोरकुमार युवामन नामक युट्युब च्यानलमा कार्यरत छन्।

संसद् प्रवेश गर्दा पालना गनुपर्ने पत्रकार आचारसंहिता छन्,’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने, ‘आचारसंहिता पालना नगरेको कारणले उहाँहरूलाई एक महिनाको लागि प्रवेश रोक लगाइएको हो।’ पत्रकारहरूलाई संसद् सचिवालयले प्रवेशका लागि छुट्टै पास व्यवस्था गर्दै आएको छ।प्रधानमन्त्रीले संसद्‌मा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदा सांसद प्रभु साहको प्रश्नको उत्तर नदिएको विषयलाई उनीहरूले प्रश्न सोध्दा शब्द चयनलाई ध्यान नदिएकोले पनि निलम्बन गरिएको संसद् सचिवालयले बताएको छ।

प्रधानमन्त्रीलाई ‘हिटलर’ भनेर प्रश्न सोधेका थिए। यसबारे संसद् बैठकमा पनि एमालेका सांसदले सभामुखको ध्यानाकर्षण गराएका थिए। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रश्न सोध्दा आचारसंहिता र मर्यादाको ख्याद गर्नुपर्ने तथा सही शब्द चयन गर्नुपर्ने बताएका थिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
काठमाडौं महानगरको २५ अर्ब ८८ करोड बजेट प्रस्ताव
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
भागेका कैदीबन्दीलाई सम्पर्कमा नआए कारबाही हुने विभागको चेतावनी
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
चितवन कारागार फर्किए २३५ कैदीबन्दी
चितवन कारागार फर्किए २३५ कैदीबन्दी
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
चार वटा संसदीय समितिको बैठक बस्दै
चार वटा संसदीय समितिको बैठक बस्दै
मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु
मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु