तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, कम्तीमा १६ जनाको मृ*त्यु, ३२ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ७, २०८३
|
|
८५ पटक हेरिएको
Shares
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, कम्तीमा १६ जनाको मृ*त्यु, ३२ घाइते

सारांश

  • दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
  • नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो ।
  • भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ ।

६ कात्तिक, काठमाडौं । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोट लागेको छ । शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३०० भन्दा बढी घर भत्किएका छन् ।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी, क्षेत्रीय अग्नि तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा ३४७ जना जनशक्ति खटाएको छ ।

भूकम्पबाट भएको समग्र क्षतिको आकलन भइरहेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
इम्बोस्ड नम्बर प्लेटको विरोधमा यातायात व्यवस्था कार्यालय अगाडि प्रदर्शन
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र
स्वकीय सचिव त्रिपाठीले गल्ति स्वीकार गरेपछि पत्रकार महतोले गरे मिलापत्र
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित
प्रतिनिधिसभा बैठक पर्सि बस्ने गरी स्थगित
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
देश उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीको : शेखर कोइराला
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
ओलीलाई समवेदना दिन गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...